पोखरा । पोखराको छोरेपाटनबाट स्तुपा हुँदै पुम्दीकोट जाँदै गरेको माइक्रो बस दुर्घटना हुँदा २५ जनाभन्दा बढी घाइते भएका छन् ।
Advertisement
पुम्दीकोटतर्फ जाँदै गरेको ग१ ख८५८५ नं. को माइक्रो बस उक्त सडकखण्डको घैयाखेत भन्ने स्थानमा दुर्घटना भएको कास्की प्रहरीका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिनुभयो ।
बस दुर्घटना हुनासाथ सुरक्षाकर्मी एवम् स्थानीयवासीको सहयोगमा घाइतेको तत्काल उद्दार गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइसकिएको उहाँले जानकारी दिनुभयो ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दुर्घटना भएलगत्तै तत्काल उद्धार हुन सकेका कारण घाइतेलाई चाँडै नै अस्पतालमा पुर्याउन सकिएको स्थानीयवासी युवक लामिछानेले जानकारी दिनुभयो ।
घाइतेको अवस्थाबारे थप जानकारी आउन बाँकी छ । (रासस)