जनकराज पौडेल
Advertisement
आस्था
तिमी कति निडर छौ
सयौँ प्रहार, हजारौँ चुनौती
बर्षिंदा पनि बल्झाउन
जालहरु बुनिरहँदा पनि
बल्छीमा पार्न
अनेक प्रयास गरिरहँदा पनि
आँखा छल्दै
व्यवधान पन्छाउँदै
भ्रमहरु सहर्ष च्यात्दै
तिम्रो दृढता र आत्मविश्वाससामु
सबै नाकाम हुँदै जाने
आस्था
तिमी महान् छौ
ज्वारभाटासहित आँधी आउँदा
बेमौसमी हुरी चल्दा
दुरुस्तै रङरुपहरु देखा पर्दा
कृत्रिम भनी छुट्टाउन सक्ने
अरु दृढता प्रदर्शन गर्न सक्ने
सत्यको मार्गमा अडिग रहने
आस्था
तिमी साँच्चै महान छौ
तिम्रो अदम्यताप्रति सम्मान छ
तिम्रो दृढताप्रति सलाम छ
नरभक्षीसँग झुक्दै नझुक्ने
तगलादेखि यात्रा नरुक्ने
सत्यको मार्गमा निरन्तर बढ्ने
दुश्मनका सामु कहिल्यै नझुक्ने
आस्था
तिमी साच्चै महान छौ ।