काठमाडौं । घरेलु मैदानमा सुरु त्रिकोणात्मक टी २० आई सिरिजमा नेपालले विजयी सुरुआत गरेको छ। बुधबार भएको खेलमा नेपालले युएईलाई ७ विकेटले पराजित गरेको हो ।
Advertisement
युएईले दिएको १ सय ४१ रनको लक्ष्य नेपालले ७ बल अगावै ३ विकेट गुमाउँदै भेट्टायो ।
चौथो विकेटका लागि कप्तान रोहित पौडेल र दिपेन्द्र सिंह ऐरिले ९३ रनको साझेदारी गरेपछि नेपालले सहज जित निकालेको हो ।
माथिल्लो मुलपानी त्रिकेट मैदानमा टस जितेर नेपालले फिल्डिङ रोजेपछि ब्यााटिङ गरेको युएईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४० रनको योतफल तयार पारेको थियो ।