काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् । बुधबार बसेको प्रदेशसभा बैठकमा कार्कीलाई राप्रपाबाहेक सबै दलले विश्वासको मत दिएका छन् ।
Advertisement
कार्कीले निर्वाचन प्रक्रियामार्फत् एमालेसहित गठबन्धनका चारै दलको जम्मा ८६ मत पाए । प्रदेशसभामा रहेका ९३ सांसद मध्य ९१ जना मतदानमा सहभागी भए।
राप्रपाका ६ सांसदमध्य एक जना अनुपस्थति थिए भने पाँच जनाले विपक्षमा मतदान गरे । उपसभामुख सिर्जना दनुवारले मत दिन पाइनन्।
एमालेको समर्थनमा कांग्रेसबाट ८ सांसद विद्रोह गराई कार्कीले बिहीबार ४७ सांसदको समर्थनमा मुख्यमन्त्री दाबी गरेका थिए।
उनलाई प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभा सदस्यहरूको सनाखत गराएर मात्रै मुख्यमन्त्री नियुक्त गरेका थिए।
संविधानको धारा १६८ को उपधारा ५ अनुसार कार्की मुख्यमन्त्री नियुक्त भएका हुन्।