बागलुङबजार । बागलुङको धम्जामा राष्ट्रिय जनमोर्चाको श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।
राजमो धम्जाका अध्यक्ष निरजकुमार विक र राजमो कार्यकर्ता बलेन्द्रकुमार विकको पिता काठेखोला–३ धम्जा निवासी पृथिलाल सुनारको स्मृतिमा पाँचौँ दिन २०८० असोज २८ गते आइतबार सो कार्यक्रम सम्पन्न भएको हो ।
राजमो बागलुङका जिल्ला अध्यक्ष तिलक थापा र जिल्ला सदस्य टीकासङ्गम विकले कार्यक्रममा श्रद्धाञ्जली मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सदस्य कमला थापा, राजमो जिल्ला सल्लाहकार अर्जुन खत्री, राजमो जिल्ला सदस्य रिमबहादुर थापा, अखिल नेपाल जनजाति सम्मेलन बागलुङका उपाध्यक्ष ओमबहादुर पुन, अखिल नेपाल भूपू सैनिक सङ्घ बागलुङका थिरबहादुर राना, राजमो काठेखोला गाउँसमितिका उपाध्यक्ष पूर्णबहादुर थापा, सोही समितिका कोषाध्यक्ष विष्णु कँडेल, राजमो तङ्ग्रामको सदस्य नरबहादुर थापा, राजमो धम्जाका उपाध्यक्ष हस्तबहादुर रोकालगायतले पनि श्रद्धाञ्जली दिनुभएको थियोे ।
गत असोज २३ गते ७२ वर्षको उमेरमा उपचारको क्रममा सुनारको भएको थियो ।
