सन्धिखर्क । अर्घाखाँचीमा राष्ट्रिय जनमोर्चाले सदस्यता अभियान तीव्र बनाएको छ ।
Advertisement
तीन अभियान कार्यक्रमअन्तर्गत असोज महिनाभरि जिल्लाव्यापी सङ्गठन अभियान सञ्चालन गर्ने योजनाअनुसार सदस्यता अभियान तीव्र बनाइएको हो ।
सदस्यता अभियानअन्तर्गत २०८० असोज २७ गते शनिबार सन्धिखर्क नगरपालिका वडा नं. ७ खाँचिकोटमा जिल्ला अध्यक्ष थम्मन केसी, वामपन्थी नेता देवि पौडेल, राजमो वडासमितिका अध्यक्ष दिलदार हुसेन, राजमो नगर सहसचिव वसन्त खड्का, महिला नेतृ पार्वता थापालगायतका नेताको उपस्थितिमा सदस्य ८३ वर्षीय आमालाई सदस्य वितरण गरी अभियान अगाडि बढेको थियो ।