• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

समाजलाई चुनौती (कथा)


  •   आइतबार, असोज २८, २०८० मा प्रकाशित
  • कल्पना पौडेल ‘जिज्ञासु’ ##

    Advertisement

    पुसको ठिही । बिहान सडकछेउको घाँसमा चिनी छरे झैँ तुषारो हुन्छ । दिन केही घुर्मैलो हुन्छ । अपराहुनपछि चलेको सिरेटोले मुटु छेड्छ ।

    मैले पछाडिबाट श्यामलाई काँधमा थपथपाएर स्कुटर छिटो हाँक्न भनेँ । म भने श्यामकै ढाडमा टाँसिएर चिसो छल्ने असफल प्रयासमा लागेँ ।

    श्यामको भुल्ने स्वभावले बालापनलाई पनि मात गर्छ । आज पनि पन्जा ल्याउन भुलेछन् । अब यात्रामा चिसो हावाको टोकाइले श्यामका हात निला हुन्छन् । उसै त प्राय: गरी श्यामका हात चिसा हुन्छन्, बिरालाको नाक जस्तो ।

    आज त झन् आकाश नै रोएर आँसु खसाल्ला जस्तो धुम्म छ धरान ।

    हामी एउटा साहित्यिक कार्यक्रममा गएर फर्किदै थियौँ । निर्धारित समयभन्दा कार्यक्रम निकै तन्किएको हुनाले हामी फर्कन ढिलो भयो र यो चिसो मौसमको स्वाद चाख्न पायौँ ।

    “अहो ! पानी पो पर्छ कि क्या हो ? पानी पर्‍यो भने त फसाद नै पर्छ” श्याम एकोहोरो फतफत गरिहे । म सुनेर मात्र बसेँ, केही बोलिनँ ।
    “ला ! छिट पर्‍यो त” श्यामले यति भन्दानभन्दै पानी सरर परिहाल्यो । हामीले हिँउदे झरीमा रुझ्ने आँट गरेनौँ र बाटोछेवैको रेस्टुरेन्टमा छिर्‍यौँ ।

    वर्षायामको बेला भए यस्तो रुझानको मिठास बेग्दै हुन्थ्यो तर यो मीनपचासको मध्य समयमा रुझानको मिठास नाप्ने हिम्मत कसको हुनु ?

    “ए भाइ ! यता तातोपानी ल्याउनू” बसाइ केही लम्बिने देखेर मैले वेटरलाई तातोपानीका लागि बोलाएँ ।

    “म:म: पनि भन न” मैले श्यामको वाक्य नसकिँदै त्यसै वेटरलाई म:म: पनि भनिहालेँ ।

    अर्डर लिएर वेटर भित्र पस्यो । रेस्टुरेन्ट सुनसान नै थियो । बेलुका रक्सीमा झुम्नेहरू आउने बेला भएकै थिएन, दिउँसो खाजा खानेहरूको समय यो होइन । साँझको पूर्वसन्ध्यामा यस्ता खाजाघर अलिक सुनसान नै हुन्छन् ।

    म मेनुमा के के छन् र मूल्य कति कति छन् भनेर घोरिएँ । श्याम फोनमा व्यस्त ।

    अलि पर दुईजना महिलापुरुष अलिक असहज लाग्ने गरी जिस्किएर बोल्दै थिए । मलाई अप्ठ्यारो लाग्यो । महिलाभन्दा पुरुष निकै कम उमेरको देखिन्थे । झण्डै आमाछोरा जस्ता तर जिस्काइको मात्रा हद पार गर्ला झैँ ।

    “सर, नमस्कार !”

    महिलाले श्यामलाई नामै सम्बोधन गरेर नमस्कार गरिन् र हामी भएतिरै लम्किइन् । त्यो पुरुष काउन्टरमा बसेर के के काम गर्न थाल्यो ।

    “अहो ! रमा के छ हालखबर ? कस्तो छ तिमीलाई ?” श्यामले निकै आत्मीय पाराले सोधे ।

    “ठिकै छ सर” रमाले छोटो बोलीमा जवाफ दिई अनि हामीतिर बढेका पाइला थामी ।

    “अँ साँच्चै, तिमीले त बिहे गर्‍यौ रे ! बधाई छ है नवजोडीलाई” श्यामले जिस्कने पाराले भने ।

    असजिलो खालको मन्द हाँसो हाँसेर त्यो महिला काउन्टरतिर लागी । जाँदाजाँदै “धन्यवाद सर” भन्न छुटाइनँ ।

    मैले जिज्ञासु नजरले हेरको देखेर श्यामले नजिकै आएर भने– “रमाले बिहे गरिछिन् ।”

    “यो उमेरमा बिहे ?” मैले आँखीभौँ खुम्च्याउँदै झन्डै सासले मात्रै बोलेर सोधेँ ।

    “बिहेलाई उमेरले के फरक पार्छ र ?” श्यामले सामान्य जवाफ दिए ।

    मलाई श्यामको जवाफले चित्त बुझेन । प्रश्नमाथि प्रश्नका चाङ लागे : यो उमेरमा भर्खरै बिहे ? किन ? कसरी ? कोसँग ?

    मेरो जिज्ञासु भाव देखेर श्यामले भने– “एकल महिला हुन् । अहिले मन मिल्ने जोडी पाइन् होला र बिहे गरिन् । ऊ तिनै हुन्, यिनका नयाँ पति ।”

    मैले श्यामको इसारापट्टि ध्यान दिएँ । म झनै अचम्मित भएँ किनभने अघि त्यहाँ ती महिलासँग जिस्किने पुरुष त त्यही कम उमेरको केटो रहेछ । प्रत्येक बोलीमा “सानू” भनेर बोलेको सुनेकी थिएँ मैले । कुराको जरो यतातिर पो रहेछ ।

    “यिनका छोराछोरी छैनन् ?” मैले श्यामलाई सोधे ।

    “छन्, छोराबुहारी छोरीज्वाईँ, नातिनातिना” श्यामले छोटो उत्तर दिए ।

    “अनि त्यो केटाको नि ?” मैले प्रश्न थपेँ ।

    “केटो अविवाहित नै हो । उसको पहिलो बिहे यो” मेरा प्रश्नका श्यामले सहज उत्तर दिँदै गए तर मेरो मनमा अझ असहजता थपिँदै गयो । हाम्रो जस्तो पुरुषप्रधान समाजमा यो कसरी सम्भव भयो होला र ? कि यो प्रेमिल मेल हुनुपर्छ कि पर्दापछाडि खेल हुनुपर्छ ।

    मैले ती महिलातिर हेरेर मुस्कुराएँ । उनले पनि मिठो मुस्कान फालिन् । पक्कै उनकै कुरा गर्‍यौँ हामीले भन्ने लख काटिन् होला ।

    तातोपानीको गिलास हातमा बोकेर हात तताउँदै म उनी भएतिरै लम्किएँ । श्याम मोबाइलमा जोतिन थाले ।

    “दिदी, नयाँ बिहे गर्नुभएछ ;ै बधाई !” उनी हाँसिरहिन् मात्रै जवाफ फर्काइनन् तर मलाई उनीसँग बोलेर मनका जिज्ञासा मेटाउनु थियो

    “परिवारमा को को हुनुहुन्छ ? यो कसरी भयो ? मलाई त खसखस लागेर सोध्न आएँ” मैले भनेँ ।

    “अहिले हामी दुई जना छौँ । उहाँ मेरो पति रमेश र म” यति भन्दा उनी र उनको पति भनिएको केटाले मुखामुख गरे । उनले कुरा सुचारु गरिन् ।

    “आठ वर्षपहिले मेरो पहिलो पतिको देहान्त भयो । त्यसपछि एक्लै सङ्घर्ष गरेर छोराछोरी पालनपोषण गरेँ । छोराछोरीको बिहेदान सकियो । उनीहरूको आफ्नै संसार बन्यो । नातिनातिना जन्मिए । मेरो संसार फरक हुँदै गयो । सबै आआफ्ना दुनियाँमा रमाउँदै गए ।

    मलाई चाहिँ एक्लोपनले अँगाल्दै गयो । विगत केलाएर आफ्नै मनलाई डस्नुभन्दा बिहे गरेर नयाँ साथी बनाउने निधो गरेँ ।

    यसै सिलसिलामा आफन्तको माध्यमबाट रमेशसँग भेट भयो । हाम्रो कुराकानी मिल्यो, मैले रमेशलाई बिहे गरेर यस घरमा ल्याएँ ।”

    मैले एकछिन दुवैलाई पालैपालो हेरेँ र भने– “वाह ! ठिक गर्नुभयो ।”

    मेरो मनले न्याय पाएकै थिएन । झनै अचम्ममा परेँ ।

    यो पुरुषप्रधान समाजमा बिहे गरेर पत्नीको घर जानु ? त्यो पनि गाउँ समाज, झन् यति अनमेल विवाह । यो समाजले कसरी पचायो होला ? कति धेरै चुनौती परे होलान् ?

    प्रश्नको उत्तर खोज्दै गर्दा रमेशप्रति आदरभाव जागेर आयो मेरो मनमा । उनको महान् हृदयलाई सलाम गरेँ मनमनै । कामना गरेँ उनको मन यस्तै रहिरहोस् सधैँ । नबदलियोस् मौसम जसरी ।

    हाम्रो कुराकानीसँगै आत्मीयता पनि बाक्लिँदै थियो । प्राय: अरूका कुरामा चासो दिन नरुचाउने मलाई यो परिवेशले राम्रोसँग तान्यो । मैले रमेशलाई पनि बोलाएर सोधेँ– “हजुरको परिवारले यो विवाहलाई स्वीकार गर्छ त ?”

    रमेशले हातको फाइल काउन्टरमा राखे र मतिर आउँदै भने– “हेर्नुस्, तपाईं जस्तै उदेक मानेर यहाँ आउने धेरै छन् । अरू मानिस त हाँसोको पात्रजसरी हामीलाई हेर्छन् र जान्छन् । हाम्रो व्यापार हो, अरूको के मतलब ? हामी चुप लागिदिन्छौँ । तपाईंले मात्रै जान्न चाहनुभयो कारण र कथा ।”

    रमेश गम्भीर मुद्रामा देखिए ।

    “मेरो परिवारले सरसल्लाह गरेर नै म रमासँग बिहे गरेर यहाँ आएको हुँ” रमेशले थोरै बोले ।

    रुकुमको एउटा विकट गाउँको समाजमा यो पक्कै सहज थिएन । यस्तो निर्णय गर्ने बाबुआमा पक्कै महान् हुनुपर्छ । उहाँहरूप्रति अथाह सम्मान जागेर आयो ममा । यति फराकिलो सोच नभए हाम्रो जस्तो रूढिवादी समाजमा यो सम्भावना नै थिएन । सत्तरी वर्षका बुढाले सात वर्षकी कन्या बिहे गरेको मिथक सुन्दै आएको समाजलाई उमेर पाकेकी महिलाले भर्भराउँदो केटो बिहे गरेको पक्कै पचाउन सक्दैन । यिनीहरूको परिवारको महानता र यिनीहरूको आँट हिम्मतलाई मान्नैपर्छ ।

    यो त सामाजिक क्रान्ति मात्रै नभएर सांस्कृतिक क्रान्ति पनि हो। जसले जरा गाडेर बसेको संस्कारलाई कुरीकुरी गरेको छ । परिवर्तनको शङ्खघोष गरेको छ । आफूभन्दा बढी उमेरका छोराछोरी, बुहारीलाई खुसी राखेर रमाको जिन्दगीको रथ हाँक्न रमेशले देखाएको साहस अतुलनीय छ ।

    सदियौँदेखि महिला थिचोमिचोमा थिए । रूढिवादी संस्कारले थिचेको थियो । कहीँ कतैबाट परिवर्तनको सुरुआत भएकोमा निकै खुसी लाग्यो ।

    “अनि बुबा आमाले मान्नुभयो सजिलै ?” मैले फेरि सोधेँ

    “भनेँ त, परिवारमा सरसल्लाह गरेर नै आएको हुँ” रमेशले दृढ स्वरमा मलाई हेरेर भने ।

    “सरी, सरी, मैले यो असहज समाज र मान्छेको आफ्नै मनलाई कसरी बुझाउनु भयो भनेर सोधेकी । तपाईं त रिसाउनुभयो कि क्या हो” म परिस्थिति बिग्रिएला भनेर सम्हाल्नतिर लागे ।

    “त्यसो होइन, सबै राम्रै छ । समाज सहज त हामीले बनाउने हो कि मन त सहज झन् आफ्नै भइहाल्यो । सकरात्मक सोच र इमानदार मन हुनुपर्छ मिल्दै जान्छ” रमेशको जवाफ आयो ।

    जवाफमा जीवन र दर्शन महसुस गरेँ ।

    मानेपछि शारीरिक रूपले मानसिक रूपले सन्तुष्ट हुनुहुन्छ मैले उनीहरूलाई हाउभाउले जिस्काउँदै सोधे ।

    एक छिनको सन्नाटापछि रमा बोलिन्– “हेर्नुस्, तपाईंंको कुरा बुझेँ मैले । मानसिक प्यास मेटियो तपाईंको भने शारीरिक प्यास जहिले पनि छायामा पर्छ । शरीरका लागि मन विचलित गर्नेहरू कहिल्यै सन्तुष्ट हुन्नन् तर मनका लागि शरीरको उपभोग गर्नेहरू कहिल्यै असन्तुष्ट हुँदैनन् । मनलाई बिर्सदै उपभोक्ता बनेर होडिनेहरू मृगतृष्णमै सीमित बन्छ र भौतारिन्छन् बुझ्नुभयो ?”

    “माया यस्तो चिज हो जसमा इमानदारिता छउन्जेल अर्को संसारको परिकल्पना नै हुँदैन । माया छ भने दु:ख पर्दा पनि सुखको खोजी हुँदैन । माया छैन भने सुखमा पनि सन्तुष्टि हुँदैन” रमेशले पनि आफ्ना कुरा राखे ।

    समाज परिवर्तनको लागि ठुला र अजेय क्रान्ति गर्नैपर्दैन, केवल साना साना कुरा आफैबाट परिवर्तन गर्न सुरु गर्नुपर्छ† जस्तो कि हामी । सामाजिक विभेद, छुवाछुत उचनिच, वर्ण विभाजन सबै सबै ।

    “सकात्मकताको बिन्दुबाट सुरु गरेर इमान्दार भएर आफू लागौँ, अरू विस्तारै डोहोरिन्छन् हैन त ?” आफ्नो विचार सबै मलाई नै प्रतिप्रश्न गरिन् रमाले ।

    म नजानिँदो तरिकाले बुझे झैँ गरेर उभिएँ ।

    मैले मन थाम्न सकिनँ । रमालाई अँगालोमा कसेँ । रमेशलाई शुभकामना दिएँ । कार्यक्रमबाट फर्कदा ल्याएको माला र खादा झोलाबाट झिकेर दुवैलाई लगाइदिएँ ।

    गहभरी आँसु भरेर रमा बोलिन्– “मेरो यो निर्णयलाई मेरा छोराछोरीले स्वागत गरे पनि आफन्त र गाउँसमाजले निकै अपमानजनक वक्रदृष्टि लगाएका थिए । तपाईंको यो हौसलाले म त फूल जस्तै हलुङ्गो भएँ ।”

    हाम्रो कुरा सुनिरहेका श्याम “फूलको आँखामा फुलै संसार” भन्दै हामीतिर आए र मोबाइलमा हाम्रो तस्बिर कैद गरे ।

    त्यतिन्जेल हाम्रो अर्डरको म:म: आइसकेको थियो । बाहिर पानी पनि थामिइसकेको थियो । हामीले सटासट म:म: निल्यौँ र घरतिर लाग्यौँ ।

    एक दाना मकै माटोमा उम्रिन पनि त समय लाग्छ । सगरमाथाको महान् यात्रा पहिलो पाइलाबाट सुरु हुन्छ । प्रत्येक पाइलाको आहटमा सुतेको संसार जगाउने शक्ति हुन्छ । विशाल नदीको मुहान सानै हुन्छ । आगोको झिल्को सानो हुन्छ । सुन्दर गुलाबको फूलको कोपिला सानै हुन्छ । यस्तै सानो घटनाले संसार बदल्ने शक्ति राखेको हुन्छ । त्यो प्रेमिल जोडीको उच्च प्रेमले अँकुरण भएर छाउँदै गरेको अनुमान गरेँ ।

    आइतबार, असोज २८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने
    के गुमाएँ मैले ?

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.