दिनेश रैदास, दाङ ।
२०८० असोज २५ गते काठमाडौँबाट सुर्खेत जाँदै गरेको ना७ ख५९७१ नं. को राप्ती बसले ठक्कर दिँदा भालुबाङ–पुलचोकमा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा वाणगङ्गा नगरपालिका–४ कपिलवस्तु घर भई हाल भालुबाङ पुल्चोकमा व्यापार व्यवसाय गर्दै आउनुभएका २३ वर्षीय विजय खनालको मृत्यु भएको छ ।
आज बिहान ९ बजेको समयमा लु९२ प७५७४ नं. को मोटरसाइकलमा सवार पूर्वपश्चिम राजमार्गको भालुबाङ पुल्चोकको उत्तरतर्फ रहेको ट्राफिक चेक पोस्ट नजिकैबाट जेब्रा क्रसिङ पार गर्ने क्रममा उक्त रात्री बसले एक्कासि ठक्कर दिँदा निजको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
घटनालगतै प्रहरी र स्थानीयहरूको पहलमा भालुबाङ अस्पताल ल्याइएको थियो र अस्पतालबाट अहिले पोस्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पठाइएको इप्रका भालुबाङका प्रहरी निरीक्षक सुजलसिँह ठकुरीले जानकारी दिनु भएको छ भने बसचालक र बसलाई इलाका प्रहरी कार्यालय भालुबाङले नियन्त्रणमा लिएकोसमेत प्रहरी निरीक्षक ठकुरीले जानकरी गराउनुभयो ।