तौलिहवा । कपिलवस्तु जिल्ला बुद्धभूमि नगरपालिका वडा नं. १ को शान्तिपुरमा राष्ट्रिय जनमोर्चाको वडाभेला सम्पन्न भएको छ ।
राजमो जिल्ला सचिव केरसिंह अदैको आतिथ्यमा २०८० असोज २३ गते मङ्गलबार उक्त भेला सम्पन्न भएको हो ।
भेलालाई सम्बोधन गर्दै अदैले राजमोको सङ्गठनात्मक अवस्थालाई मजबुत बनाएर मात्रै नेपाली जनताप्रतिको अभिभारा पूरा गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सदस्य नरबहादुर घर्तिमगर, अखिल नेपाल महिला सङ्घकी जिल्ला सदस्य लक्ष्मी भुसाल र राजमो बुद्धभूमि नगर समितिका अध्यक्ष डिलाराम भुसालले मन्तव्य राख्नुभएको थियो ।
भेलाले जीवन भुसाल अध्यक्ष रहनुभएको १३ सदस्यीय राजमोको वडासमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा मीना केसी, सचिवमा मित्रलाल घिमिरे, कोषाध्यक्षमा जेदुप्रसाद आचार्य तथा सदस्यहरू टानबहादुर सुनार, दालबहादुर जिसी, मेहरसिंह नेपाली, बुद्धमाया भुसाल र सरस्वती अधिकारी रहनुभएको छ ।
भेलाले बुद्धिराम पन्थी, नरबहादुर घर्ती, लक्ष्मी पोखरेल र विष्णु खनाल रहनुभएको छ ।
बुद्धिराम पन्थीको अध्यक्षता सम्पन्न उक्त भेलाको सञ्चालन मित्रलाल घिमिरेले र स्वागत मीना केसीले गर्नुभएको थियो ।
