तौलिहवा । कपिलवस्तु जिल्ला शिवराज नगरपालिका वडा नं. ३ को मधवामा जातीय समता समाजको वडाभेला सम्पन्न भएको छ ।
जिल्ला अध्यक्ष दिलबहादुर विकको प्रमुख आतिथ्यमा २०८० असोज २२ गते सोमबार उक्त भेला सम्पन्न भएको हो ।
भेलालाई सम्बोधन गर्दै विकले समता समाज पञ्चायतकालमा नै निर्माण भएको जानकारी दिनुभयो ।
समाजले दलित हकहितका लागि सङ्घर्ष गर्दै आएको बताउँदै उहाँले दलितलाई ठुला दलले उपयोग गरेको आरोप पनि लगाउनुभयो ।
‘दलित आफ्नो हकहितको लागि आफै सङ्गठित हुनुपर्छ’ उहाँको निष्कर्ष थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा कपिलवस्तुका सचिव केरसिंह अदैले गाउँका दलितलाई ठुला दलले दुहुनो गाई बनाएको बताउनुभयो ।
अखिल नेपाल बुद्धिजीवी सङ्घ कपिलवस्तुका सदस्य छन्दबहादुर केसीले सुकुम्बासीको नाममा एमालेले टिकट बाँडेको टिप्पणी गर्नुभयो ।
भेलाले रामप्रसाद कामी अध्यक्ष रहनुभएको १९ सदस्यीय समता समाज मधवा समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा राममाया सुनार, सचिव गोपाल परिवार, सहसचिव मीना विक र कोषाध्यक्षमा ओमबहादुर विक रहनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा झकबहादुर विक, मती विक, डुजबहादुर विक, अमृता विक, राधिका परिवार, तके सुनार, चेट सुनार र केशमाला विक रहनुभएको छ ।
एवम् प्रकारले वैकल्पिक सदस्यमा दूरमती विक र रेसमी सुनार तथा सल्लाहकारमा मोहन विक, लालबहादुर दमाई, ज्ञानबहादुर विक र पवित्रा विक रहनुभएको छ ।
भेला रामप्रसाद कामीको अध्यक्षतामा र सञ्चालन शिवलाल सुनारले र स्वागत मोहन विकले गर्नुभएको थियो ।