काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि कालोमोसो दलिएको छ ।
Advertisement
२०८० असोज २२ गते सोमबार काठमाडौँको जमलमा प्रसाईंमाथि कालोमोसो दलिएको हो ।
प्रसाईंले राजधानीको एक होटलमा पत्रकार सम्मेलनको कार्यक्रम राखेका थिए । सोही बेला उनीमाथि कालोमोसो दलिएको थियो ।
कसले किन कालो दल्यो भन्ने खुलिनसकेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनलाई उद्धार गरेर दरबारमार्ग वृत्तमा लगेको छ ।