दाङ । राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको संगठन निर्माण अभियान अन्तरगत दाङको घोराही उपमहानगरपातिका–२ मा वडा भेला सम्पन्न भएको छ ।
जिल्ला अध्यक्ष गणेश आचार्यको उपस्थितिमा शनिबार भएको भेलाले ज्ञानबहादुर घर्तीको अध्यक्षतामा १३ सदस्यीय वडा समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा उमाकान्त पोख्रेल, सचिव विष्णु रिजाल, सह सचिव डिल्ली हमाल र कोषाध्यक्षमा सारदा रिजाल चयन हुनुभएको छ ।
सदस्यहरूमा सन्जु नेपाली, खिमबहादुर जिएम, गीता नेपाली, खिमबहादुर जैसी, सीता पोख्रेल, सविन हमाल, खिमा नेपाली रहनुभएको छ भने एक स्थान रिक्त राखिएको छ ।
राष्ट्रिय जनमोर्चाले कम्युनिस्ट पार्टी स्थापनाको हिरक जयन्तीको अवसरमा ‘कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारी रुपान्तरण गरौँ’ भन्ने मूल नाराका साथ असोज महिनाभरी संगठन निर्माण अभियान सञ्चालन गरिरहेको छ ।
अभियान अन्तर्गत दाङ जिल्लाका विभिन्न पालिकाहरुमा समेत निरन्तर संगठन निर्माण तथा प्रशिक्षणका कार्यक्रमहरू चलिरहेको छ ।