काठमाडौं । दसैँका लागि असोज २२ गतेबाट अग्रिम टिकट खुल्ला हुने भएको छ।
Advertisement
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा २२ गतेबाटै दसैँका लागि टिकट खुलाउने सहमति भएको हो ।
यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले सरकारले सडकका खाल्डा खुल्डी पुर्ने र व्यवसायीले बसको व्यवस्थापन गरी टिकट खुलाउने निर्णय भएको जानकारी दिए।
काठमाडौं उपत्यकाबाट दसैँको समयमा २० लाख यात्रु बाहिरिने गरेको विगतको तथ्यांक रहेको छ। यात्रुलाई सहजताका लागि प्रहरीसँग समन्वय गरी केन्द्रहरु स्थापना गर्ने निर्णय समेत भएको छ।
व्यवसायीले सडक मर्मत र भाडा बढाएपछि मात्रै अग्रिम टिकट खुलाउने बताउँदै आएका थिए।