भरतपुर । चितवनमा अखिल (छैठौं) को जिल्ला भेला सम्पन्न भएको छ ।
अखिल (छैठौं) का पूर्व अध्यक्ष राजेन्द्र ढुङ्गानाको प्रमुख आतिथ्यमा २०८० असोज १३ गते शनिबार सो भेला सम्पन्न भएको हो ।
भेलालाई राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य डम्मर पुरी, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य डम्मर केसी, रक्तिम सांस्कृतिक अभियानका कोषाध्यक्ष मोहराज चालिसेले शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा राजमो केन्द्रीय सदस्य देवी शर्मा, अखिल नेपाल महिला सङ्घकी माया भण्डारी, राजमो नेता अमर केसीको पनि आतिथ्य रहेको थियो ।
भेलाले सन्दीप शर्मा अध्यक्ष रहनुभएको अखिल (छैठौं) को जिल्ला समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा दुर्गा भण्डारी, सचिवमा कृति थापा, सहसचिवमा मनिषा ढुङ्गाना र कोषाध्यक्षमा रोसन पन्त रहनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा कल्पना शर्मा, आकृति शर्मा, मेनका केसी, दिप्सन केसी, पुष्पा पौडेल, नवराज पाण्डे, रन्जित क्षेत्री, प्रवीण ढकाल र लिजा चालिसे रहनुभएको छ ।
समितिका पूर्ण सदस्यमा एक स्थान र वैकल्पिक सदस्यको दुई स्थान हाललाई रिक्त राखिएको प्राप्त समाचारमा उल्लेख छ ।
