बागलुङबजार । बागलुङको जैमिनी नगरपालिका वडा नम्बर ७ मा राष्ट्रिय जनमोर्चाको प्रशिक्षण भेला सम्पन्न भएको छ ।
Advertisement
राजमो केन्द्रीय सदस्य लीलादेवी शर्माको प्रमुख आतिथ्यमा २०८० असोज ९ गते मङ्गलबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा विशिष्ट अतिथि राजमो जिल्ला सचिवालय सदस्य थानेश्वर सुवेदी हुनुहुन्थ्यो ।
त्यसैगरी, कार्यक्रममा राजमो जैमिनी नगर समितिका अध्यक्ष दिलबहादुर श्रीस, नगर समितिकै शिवप्रसाद पौडेल र जनप्रतिनिधि भूपेन्द्रबहादुर रानाको पनि आतिथ्य रहेको थियो ।
जङ्गबहादुर क्षेत्रीको अध्यक्षता तथा मनबहादुर सुनारको सञ्चालनमा अघि बढेको सो कार्यक्रममा उपस्थिति जनसमुदायलाई नारायणप्रसाद उपाध्यायले स्वागत गर्नुभएको थियो ।






