बागलुङबजार । बागलुङ गलकोट नगरपालिका वडा नं. ११ मा अखिल नेपाल महिला सङ्घको भेला सम्पन्न भएको छ ।
Advertisement
केन्द्रीय उपाध्यष लक्ष्मी बासकोटाको प्रमुख आतिथ्यमा २०८० असोज ७ गल्कोटमा सो भेला सम्पन्न भएको हो ।
भेलाले चन्द्रा राम्जाली सिञ्जाली अध्यक्ष रहनुभएको ११ सदस्यीय गाउँ समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा कुन्ती थापा, सचिवमा आशा राना, सहसचिवमा अनिता थापा र कोषाध्यक्षमा मीना राना रहनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा श्यामकली राना, गङ्गा राना, सन्ध्या पर्तेल विक, धनमाया राना, ज्ञानु राना र कृष्णा पुन रहनुभएको छ ।
भेलाको अध्यक्षता कुन्ती थापाले तथा सञ्चालन चन्द्रा राम्जाली सिँजालीले गर्नुभएको थियो ।
