काठमाडौँ । राहत शिक्षकहरूले काठमाडौँमा विरोध प्रदर्शन गरेका छन् ।
Advertisement
२०८० असोज ८ गते सोमबार मध्याह्न माइतिघर मण्डलामा भेला भई नयाँबानेश्वरसम्म विरोध प्रदर्शन गर्दै उनीहरू सडकमै सुतेर विरोध जनाएका हुन् ।
सरकारले संसद्मा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा उनीहरूले प्रदर्शन गरेका हुन् ।
आन्दोलित हुने शिक्षकहरूमा राहत शिक्षक, बालविकास शिक्षक, पेन्सन वञ्चित शिक्षक छन् ।
गत असोज ५ गते नेपाल शिक्षक महासङ्घ र सरकारबिच ६ बुँदे सम्झौता भएको थियो । उक्त सम्झौतामा आफूहरूले उठान गरेका माग मुद्दा सम्बोधन नगरिएको भन्दै राहत शिक्षकलगायतले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेका थिए ।
उनीहरूले शत्प्रतिशत स्थायीको माग राख्दै आएका छन् ।





