• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

बेइजिङमा विजनेस समिट : नेपालमा चिनियाँ लगानी आह्वान


  •   सोमबार, असोज ०८, २०८० मा प्रकाशित
  • बेइजिङ । ‘नेपालमा लगानीका सम्भावना अधिक छन् । हामी यहाँहरुको लगानीलाई पूर्णतः सुरक्षा प्रदान गर्दछौँ र यहाँहरुले गर्ने लगानीको उचित वातावरण निर्माणका लागि के गर्नुपर्छ, त्यो गर्छौं । हामीसँग प्राप्त लगानीको सम्भावनाबाट यहाँहरुलाई लाभ लिन म हार्दिक अपिल गर्दछु ।’

    Advertisement

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार चीनको राजधानी बेइजिङमा आयोजित नेपाल चीन लगानी सम्मेलनलाई सम्बोधन गर्दै चिनियाँ उद्योगी व्यवसायीलाई अपिल गर्दै थिए । उनले भने, ‘मैले पहिले पनि भन्दै आएको हुँ कि सरकार एक्लैले नेपालको समग्र विकास सम्भव छैन । यसका लागि निजी क्षेत्रसँगको सहकार्य आवश्यक छ । निजी क्षेत्र नेपालको समृद्धिका लागि एउटा इन्जिन हो, त्यसैले उनीहरुसँगको सहकार्य र समन्वय आवश्यक छ र त्यसको वातावरण बनाउन सरकार पनि तयार छ ।’

    यही आसय र आवश्यकता प्रधानमन्त्री दाहालले करिब तीन महिना अघि भारत भ्रमणका क्रममा पनि राख्नुभएको थियो । नयाँदिल्लीमा आयोजित नेपाल भारत विजनेस फोरमलाई सम्बोधन गर्दै उनले सो धारणा राखेका थिए । चिनियाँजस्तै भारतीय उद्योगीलाई पनि नेपालमा लगानीका लागि उनले अपिल गरेका थिए ।

    नेपाल उद्योग वाणिज्य महासङ्घ र चिनियाँ उद्योगी व्यवसायीको संस्था सिसिपिआइटीद्वारा आयोजित सो सम्मेलनमा प्रधानमन्त्रीले चिनियाँ लगानीकर्तालाई नेपालमा आउन यसरी आमन्त्रण गरेका हुन् ।

    प्रधानमन्त्री दाहालले तीन महिनाको बीचमा आफ्ना दुई विशाल भूगोल र जनसङ्ख्या भएका छिमेकीको भ्रमण गरी त्यहाँका उद्योगी व्यवसायीलाई आग्रह गरेपछि नेपालमा वैदेशिक लगानीको ढोका विगतको भन्दा बढी मात्रामा खुला त ? यो प्रश्न दुवै भ्रमणमा सहभागी नेपाली उद्योगी व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सम्मेलनमा सहभागी पत्रकारले सोधेका थिए ।

    ढकाल नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको अवस्थामा विगतको तुलनामा फरक आउनेमा विश्वस्त हुनुहुन्छ । उनले भने, ‘म जहिले पनि जुनसुकै काम गर्न पनि सकिन्छ, सम्भव छ भनेर सकारात्मक सोच राख्ने मान्छे हुँ, हुन त नेपालमा सरकारले आग्रह गरे जसरी तथा हामीले नै निजी क्षेत्रका तर्फबाट गर्ने गरेका प्रयासअनुरुप नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन सकिएको छैन । तर पनि तीन महिनायताका हाम्रा विशाल छिमेकीमाझ हामीले गरेका यी प्रयासको प्रतिफल पक्कै पनि राम्रै प्राप्त हुनेछ । उहाँहरुलाई नेपालमा लगानी गर्न हामीले आग्रह गरेका मात्रै छैनौँ, नेपालमा लगानी गरे मुनाफा प्राप्त हुन्छ भनेर आश्वस्त पनि पारेका छौँ ।’

    चिनियाँ लगानीका लागि नेपाल पनि एक विश्वासिलो र अधिक सम्भावनायुक्त गन्तव्य हो भन्ने कुराको पूर्ण विश्वास नेपालले यहाँका लगानीकर्तालाई गराउन सक्नुपर्ने उनको धारणा छ । नेपालमा नीतिगतरुपमा त कुनै समस्या छैन तर पनि विदेशी लगानीकर्तालाई देशभित्रै कतिपय अवरोध खडा नगरी सहज, सरल र स्वागतयोग्य वातावरण निर्माण गर्नु जरुरी रहेको उनको भनाइ छ ।

    नेपालमा वैदेशिक लगानी अपेक्षित भित्रिन नसक्नुका कारण यथार्थपरक रुपमा खोज्नुपर्नेमा उनको जोड छ । नेपालमा लगानीको प्रतिबद्धता सुरुमा धेरै आए पनि त्यसअनुरुप नभएर निकै थोरै मात्रामा मात्र प्रत्यक्ष वैदेशिक लगानी आउने गरेकाले देशभित्रै विदेशी लगानीकर्तालाई उचित वातावरण दिन नसकिएको हो या उनीहरुले आफ्नो लगानीको के कस्तो प्रकारको सुरक्षा खोजेका हुन् भन्ने विषयको अनुसन्धान हुनुपर्ने अध्यक्ष ढकालको भनाइ छ ।

    बेइजिङमा नेपाल उद्योग वाणिज्य महासङ्घ र चिनियाँ व्यवसायीको संस्था सिसिपिआइटीद्वारा संयुक्तरुपमा आयोजित विजनेस समिटलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले चिनियाँ लगानीकर्ताका लागि नेपाल उचित गन्तव्य हो भने। चीन नेपालको दोस्रो ठूलो व्यापार साझेदार मुलुक रहेको तर पनि चीनतर्फ नेपालको निर्यात अत्यन्त न्यून रहेकाले आगामी दिनमा नेपालको निर्यात बढाउन र यसका लागि चिनियाँ लगानीकर्तालाई बढीभन्दा बढी मात्रामा आकर्षित गर्न अब केही गर्नुपर्ने उनको धारणा थियो ।

    नेपालमा हाल लगानी गरिरहेका बहुर्राष्ट्रिय कम्पनीले राम्रो प्रतिफल प्राप्त गरिरहेको अवस्थाको अध्ययन गरेर आगामी दिनमा विदेशी लगानीकर्तालाई आकर्षित गर्नुपर्ने दृष्टान्त पनि उनले सो सम्मेलनमा पेश गरेका थिए ।

    ‘यस वर्ष नेपालमा पर्यटकीय पूर्वाधारमा उल्लेख्य प्रगति भएको छ, दुई वटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भई सञ्चालनमै आएका छन् । पछिल्लो समय नेपालमा पर्यटक आगमनमा सकारात्मक मात्रामा वृद्धि भएको छ र त्यसमा पनि चिनियाँ पर्यटक बढेका छन् । हामी अबका दिनमा थप प्रगतिका साथ अघि बढ्न विदेशी लगानीलाई प्रवद्र्धन गर्न चाहन्छौँ’, अध्यक्ष ढकालले भने।

    सोही समारोहमा आइएमइ ग्रुप र चीनको सिएएमसिइ कम्पनीबीच नेपालमा एकीकृत पर्यटकीय गन्तव्य निर्माण गर्ने विषयमा सम्झौता पनि भएको थियो । सोही समिटमा आइएमइ ग्रुपको अध्यक्षका हैसियतले ढकाल र चिनियाँ कम्पनीका प्रतिनिधिबीच संयुक्त लगानीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । सोही सम्मेलनमा नै नेपालको सिजी मोटर्स् र चीनको जिएसी मोटर्स्का बीचमा पनि आगामी दिनको संयुक्त लगानी एवं सहकार्यको सहमतिपत्रमा हस्ताक्षर भएको थियो । चीनका कम्तीमा पनि एक सय २० उद्योगी व्यवसायीको उपस्थिति रहेको सो संयुक्त लगानीसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर पनि नेपालमा चिनियाँ लगानी आकर्षित गर्न गरिएको सामान्य सुरुआतका रुपमा लिन सकिने सम्मेलनमा उपस्थित नेपाली र चिनियाँ व्यवसायीले बताएका थिए ।

    नेपाल उद्योग वाणिज्य महासङ्घको लगानी तथा वैदेशिक मामिला फोरमका सभापति मनोज पौडेलले नेपालमा शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार, स्टार्टपलगायतमा अहिले लगानीका अधिक सम्भावना रहेकाले नेपालमा लगानी गर्ने जुनसुकै विदेशी लगानीकर्ताले पनि राम्रो प्रतिफल लिन सक्ने बताए।

    महासङ्घले पनि प्रत्यक्ष वैदेशिक लगानीलाई प्रोत्साहित गर्न आवश्यक परेका ठाउँमा सहजीकरण एवं सहायता गर्न एफडिआइ हेल्प डेस्क स्थापना गरेर काम गरिरहेको जानकारी दिँदै आर्थिक कूटनीतिका माध्यमबाट नेपाल सरकार र यसका सबै विदेशी नियोगले नेपालमा विदेशी लगानी भित्र्याउने वातावरणका लागि काम गर्नुपर्ने सुझाव सो सम्मेलनमा उनले दिए ।

    सम्मेलनमा सहभागी नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेश अग्रवाललगायतका उद्योगी व्यवसायीले नेपालमा वैदेशिक लगानी भित्र्याउने कामलाई प्राथमिकतामा राखेर नेपाल सरकारले आफ्ना निकाय एवं नियोगलाई पनि परिचालन गर्नुपर्नेमा जोड दिए । सो सम्मेलनमा नेपालका करिब ५० जना उद्योगी व्यवसायीको सहभागिता रहेको छ ।

    सो सम्मेलनमा सहभागी चिनियाँ वाणिज्य उपमन्त्री लि फेइले नेपालमा लागनीका क्षेत्र पहिचान गर्ने मात्र नभई ती क्षेत्रमा लगानीको सुनिश्चितताका लागि चीन र नेपालका उद्योगी व्यवसायीले सामूहिक पहल थाल्नुपर्ने बताए। उनले सदियौँ पुरानो सम्बन्ध रहेका चीन र नेपाल असल छिमेकी पनि रहेकाले चीन सदैव नेपालको आर्थिक विकास र समृद्धिको पक्षमा रहेको बताए।

    नेपाल दुई ठूला छिमेकी मुलुकको बीचमा छ । उत्तरी चीन र दक्षिणी भारतको जनसङ्ख्या झण्डै पौने तीन अर्ब छ । यो जनसङ्ख्या पनि नेपालमा हुने कुनै पनि लगानीको बजार हो । त्यस्तै उनीहरु बाह्य मुलुकमा पर्यटक भएर पुग्दा यता नेपालका विश्वकै उत्कृष्ट पर्यटन गन्तव्य छानिदिए भने हामी केही लाख पर्यटक खोज्न अरु देशतिर धाउनै पर्दैन । नेपालमा लुम्बिनी, पोखरा, मनाङ, मुस्ताङजस्ता विश्वका उत्कृष्ट गन्तव्य छन् र पछिल्लो समयमा पर्यटन पूर्वाधार पनि निर्मण भइरहेका छन् । त्यसैले पर्यटन क्षेत्रमा भित्र्याउन सक्ने वैदेशिक लगानीले पनि हाम्रो समृद्धिको यात्रा धेरै छोट्याउने छ ।

    त्यसैले लगानी या विजनेस सम्मेलन गरी लागनीका लागि आह्वान गर्नुको साथसाथै अपेक्षितरुपमा नेपालमा वैदेशिक लगानी किन आउन सकेको छैन भन्ने बारेमा पनि खोज्नुपर्छ । हामीलाई लगानीका लागि बाचा दिएका विदेशी लगानीकर्ता अन्तिममा किन नेपालप्रति आकर्षित हुन सकिरहेका छैनन् भन्ने विषयको खोजीका लागि आर्थिक कूटनीतिको औजार प्रयोग गर्नसके त्यसको जवाफ भेटिन सक्छ । रासस

    सोमबार, असोज ०८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.