दाङ । दाङको लमहीमा राष्ट्रिय जनमोर्चाको सङ्गठनात्मक अभियान अन्तर्गत संयुक्त प्रशिक्षण भेला सम्पन्न भएको छ ।
केन्द्रीय उपाध्यक्ष जनकराज शर्माको प्रमुख आतिथ्यमा २०८० असोज ४ गते बिहीबारको दिन सो प्रशिक्षण सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै शर्माले हाम्रो पार्टीले अहिले एकातिर गणतन्त्र र धर्मनिरपेक्षताको रक्षाका लागि जोड दिने र अमरिकी साम्राज्यवाद तथा भारतिय साम्राज्यवादको विरुद्ध सङ्घर्ष गर्नु परेको बताउनुभयो ।
यसैगरी उहाँले आश्विन महिनभरि सबै स्तरका कार्यकर्ताहरू जनतामाझ् जाने भेटघाट र सङ्गठन निर्माण अभियानमा लाग्ने जानकारी दिनुभयोे ।

कार्यक्रममा अखिल नेपाल युवक सङ्घ पूर्व केन्द्रीय अध्यक्ष काशिनाथ पोख्रेल, राष्ट्रिय जनमोर्चा दाङ देउखुरीका सचिव वसन्तराज पौडेल–१ नं. अभियान टोली नेता ठाकुरप्रसाद भण्डारी–२ नं. टोली नेता कुलचन्द्र पोख्रेलले आफ्ना विचार राख्नुभएको थियो ।
भेलाको सञ्चालन नगर सदस्य गोपाल भट्टाराई र अध्यक्षता नगर अध्यक्ष हरिबहादुर थापाले गर्नु भएको थियो भने स्वागत उपाध्यक्ष तारप्रसाद खनालले गर्नु भएको थियो ।