• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

प्युठानीले यसरी सम्झिए खगुलाल गुरुङलाई


  •   बिहिबार, असोज ०४, २०८० मा प्रकाशित
  • जुमानसिंह केसी, प्युठान ।
    नेपाल कम्युनिष्ट पार्टी प्युठानका संस्थापक तथा नेकपा (मसाल)का नेता खगुलाल गुरुङको तेस्रो स्मृतिसभा गौमुखी गाउँपालिकाको नारिकोटमा सम्पन्न भएको छ।

    Advertisement

    राष्ट्रिय जनमोर्चा गौमुखी पालिका समितिको आयोजनामा स्मृतिसभा गरिएको हो ।

    स्मृति सभामा गुरुङलाई एक हक्की र सर्वहारा वर्गको निम्ति लगातार आन्दोलनमा होमिएको महान् व्यक्तिका रुपमा स्मरण गरियो ।

    कार्यक्रमका प्रमुख अतिथि नेकपा (मसाल)का लुम्बिनी प्रदेश प्रवक्ता तिलक जिसीले गुरुङ पञ्चायतकालदेखि नेपाली जनताको पक्षमा संघर्ष गर्दै आएको एक महान व्यक्ति भएको भन्दै उहाँले अंगालेका विचारलाई सबैले आत्मसात गर्नुपर्ने बताउनु भयो ।

    उहाँले भन्नुभयो, ‘कुनै स्वार्थबिना पार्टीको नीतिमा अडिग रही प्युठानी तथा नेपाली जनताको हक अधिकारको लागि जीवनभर लडिरहेको इतिहास छ । त्यसैले उहाँको सपना पूरा गर्न समाजका सबै सचेत वर्गले ध्यान दिन सकेमा मात्र उहाँको वास्तविक स्मृतिसभा हुन सक्ने छ ।’

    राष्ट्रिय जनमोर्चा प्युठानका अध्यक्ष ज्ञामुराम न्यौपानेले प्युठानको किसान आन्दोलन लगाएत सामन्तहरुको हालिमुहाली तोड्नमा गुरुङको महत्त्वपूर्ण भूमिका रहेको बताउनु भयो ।

    उहाँले गाउँगाउँमा जनतालाई सास्ती दिने मुख्य जिम्माल सामन्तहरुको विरुद्धमा नेतृत्वदायी भूमिका निर्वाह गरी लडेको इतिहासबारे उल्लेख गर्नु भयो।

    एकसय तीन वर्ष सम्मको उमेरमा पनि सँधै लेख्ने, पढ्ने र देशको चिन्ता गरिरहेको स्मरण गराउँदै त्यस्ता महान आदर्श पुरुषबाट सबै पार्टी, आम कार्यकर्ता तथा सचेतवर्गले सिक्न जरुरी रहेको बताउनु भएको थियो।

    खगुलाल गुरुङ नेकपा मसालका महामन्त्री तथा कम्युनिस्ट नेता मोहनविक्रम सिंहका एक विश्वासपात्र हुनुहुन्थ्यो । हरेक आन्दोलनका कार्यक्रम सिंह र गुरुङको आपसी सल्लाहबाट तय हुने गरेको नेकपा मसाल प्युठानले जनाएको छ।

    कार्यक्रममा विभिन्न पार्टीका नेताहरुले खगुलाल गुरुङले गरेका सकारात्मक कार्यको चर्चा परिचर्चा गरेका थिए ।

    जनताको न्यायका लागि लड्दा उहाँलाई पञ्चायतकालमा प्रहरीले गिरफ्तार गरेको थियो । उहाँ प्युठान, सल्यान र पाल्पामा गरि एकवर्ष कारागारमा बस्नु परेको थियो।

    स्मृतिसभामा राष्ट्रिय जनमोर्चा, नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्रका नेता, कार्यकर्ता, स्थानीय जनप्रतिनिधि, शुभचिन्तक, घरपरिवारका सदस्य लगाएतको उल्लेखनीय सहभागिता रहेको थियो।

    राष्ट्रिय जनमोर्चा गौमुखी गाउँपालिका समितिका अध्यक्ष जनक केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन नेता वीरबहादुर केसी र पालिका सदस्य हुकुमबहादुर थापाले स्वागत गर्नुभएको थियो ।

    बिहिबार, असोज ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.