बागलुङ । राष्ट्रिय जनमोर्चा बागलुङ नगरपालिका–१४ वडा समितिले पार्टीका समर्थक भीमादेवी खड्काप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।
राजमो वडा समिति नारायणस्थानका पूर्वउपाध्यक्ष रत्नबहादुर खड्काकी श्रीमती तथा हरिबहादुर खड्का र रमेश खड्काकी आमा भीमादेवीको गत भदौ २६ गते ६९ वर्षको उमेरमा निधन भएको थियो ।
उहाँको कृत्यु भएको आठौं सिदनमा असोज २ गते राजमोले श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष तिलक थापा र जिल्ला सल्लाहकार टेक बहादुर आरसीले श्रद्धाञ्जली मन्तव्य दिनु भएको थियो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश उपाध्यक्ष धर्म कुँवर, अखिल नेपाल महिला संघ केन्द्रीय उपाध्यक्ष लक्ष्मी बास्कोटा, अखिल नेपाल राष्ट्रिय उद्योग ब्यापार संघ केन्द्रीय महासचिव सन्तोष पौडेल, राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य आशा रोका, योगेन्द्र पौडेल, अखिल नेपाल किसान संघ बागलुङका सदस्य ढुण्डीराज पौडेल, वडा समिति अध्यक्ष राम बहादुर खडका, सल्लाहकार लक्ष्मी नारायण श्रेष्ठ, बानपा कार्यपालिका सदस्य चूर्णबहादुर सुनार, वडा नं १४ का सदस्य दिलबहादुर हरिजन, चन्द्रा सुनार लगायत स्थानीय कार्यकर्ताले श्रद्धाञ्जली दिनु भएको थियो।