• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

‘गणतन्त्र र धर्मनिरपेक्षता जनताको आन्दोलनबाट प्राप्त उपलब्धि, संघीयता विदेशी दबाबको परिणाम’


  •   बुधबार, असोज ०३, २०८० मा प्रकाशित
  • काठमाडौं । नेकपा (मसाल) ले संविधान दिवसका अवसरमा जनतालाई शुभकामना दिएको छ ।

    Advertisement

    नवौँ संविधान दिवसका अवसरमा बुधबार एक वक्तव्य प्रकाशित गरी संविधानमा उल्लेखित गणतन्त्र र धर्मनिरपेक्षता जनताको संघर्षबाट प्राप्त उपलब्धि भएको बताएको छ । साथै, संघीयतालाई विदेशी दबाबको उपज भनेको छ ।

    महामन्त्री मोहनविक्रम सिंहद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘निश्चय नै, त्यो संविधानमा संघीयता पनि समावेश गरिएको छ ।संविधानमा उल्लेखित गणतन्त्र र धर्मनिरपेक्षता जनताको आन्दोलनबाट प्राप्त उपलब्धि हुन् भने संघीयता विदेशी दबाबको परिणाम हो ।’

    साथै, मसालले संविधान जनताको लामो बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धि भएकोले यसको रक्षा गर्दै थप अधिकार प्राप्तिका लागि अझै संघर्ष गर्नुपर्ने बताएको छ ।

    यस्तो छ वक्तव्य
    आज नवौँ संविधान दिवस हो । यसले नेपालको राजनैतिक इतिहासमा नै ठूलो महत्व राख्दछ । नेपालमा जनताको लामो संघर्ष तथा त्याग र बलिदानपछि नै संविधान सभाको चुनाव भएको थियो । त्यो संविधानले नेपाललाई गणतन्त्र र धर्मनिरपेक्षता समेत दिएको छ । निश्चय नै, त्यो संविधानमा संघीयता पनि समावेश गरिएको छ । संविधानमा उल्लेखित गणतन्त्र र धर्मनिरपेक्षता जनताको आन्दोलनबाट प्राप्त उपलब्धि हुन् भने संघीयता विदेशी दबाबको परिणाम हो ।

    त्यसैले हाम्रो पार्टीले सुरुदेखि नै गणतन्त्र र धर्मनिरपेक्षतालाई दृढतापूर्वक समर्थन गर्दै आएको छ भने संघीयताको विरोध गर्दै त्यसलाई खारेज गर्नुपर्ने माग गर्दै आएको छ । आज संविधान दिवसको उपलक्ष्यमा हामीले उक्त दुवै विषयहरुमा जोड दिन चाहन्छौँ ।

    देशमा गणतन्त्रको स्थापना भएको समयदेखि नै राजावादीहरुले गणतन्त्र र धर्मनिरपेक्षतालाई खारेज गर्न आवाज उठाउँदै आएका छन् । अब त्यो गतिविधिमा पूर्वराजा पनि सामेल भएका छन् । त्यसरी प्रतिगमनको खतरा अत्यन्त गम्भीर बनेर गएको छ । ओलीको नेतृत्वको एमालेले पनि लोकतन्त्र र बहुदलीय व्यवस्थामाथि बारम्बार लोकतन्त्रमाथि हमला गरेर प्रतिगमनको खतरालाई अरु बढाउँदै लगेको छ ।

    त्यो अवस्थामा जनताको महान आन्दोलनबाट प्राप्त उपलब्धिहरुको रक्षाका लागि प्रतिगमनका विरुद्ध भएका शक्तिहरुबीचको एकता आजको राष्ट्रिय आवश्यकता भएको छ । त्यही आवश्यकता पूरा गर्न नै पाँच दलीय गठबन्धन बनेको थियो र प्रतिगमनका विरुद्धको संघर्षमा त्यसको ऐतिहासिक भूमिका रहेको थियो । हाम्रो के सोचाई छ भने प्रतिगमनको खतरा अहिले पनि विद्यमान छ र त्यो लगातार बढ्दै गइरहेको छ । त्यसकारण प्रतिगमनका विरुद्ध भएका शक्तिहरुको एकता अहिले पनि आवश्यक भएको कुरामा हाम्रो पार्टीले अहिले पनि जोड दिन्छ ।

    मधेशवादीहरुले पनि सुरुदेखि नै संविधानको विरोध गर्दै आएका र अहिले पनि त्यसमा कैयौं राष्ट्रघाती प्रकारका संशोधनहरुको माग गरिरहेका छन् । त्यो कुनै लुकेको कुरा होइन कि आफ्ना निहित स्वार्थहरुको अनुकुल नभएको हुनाले नै भारतीय साम्राज्यादले नेपालको संविधानको विरोध गरेको थियो र अहिलेसम्म नेपालको संविधानलाई स्वागत गरेको छैन । भारतीय साम्राज्यवादको संविधानप्रतिको त्यसप्रकारको विरोध देशको राष्ट्रियता र अखण्डता समेतका विरुद्ध छ ।

    अन्तमा आज संविधान दिवसको उपलक्ष्यमा गणतन्त्र, धर्मनिरपेक्षता तथा राष्ट्रियता र देशको अखण्डता समेतको रक्षाको लागि जोड दिने बेलामा यो कुराप्रति पनि हाम्रो पूरा ध्यान रहेको छ कि अहिले देशमा कायम भएको गणतन्त्र र बहुदलीय व्यवस्था समेतबाट जनताका आधारभूत समस्याहरूको समाधान र देशको दिगो विकास सम्भव छैन । त्यसका लागि दीर्घकालीन क्रान्तिकारी आन्दोलनको आवश्यकता छ । तैपनि तात्कालिक रूपमा अहिले देशमा कायम भएको गणतन्त्र र बहुदलीय व्यवस्था समेतको प्रगतिशील र सकारात्मक महत्व छ । त्यसकारण तात्कालिक रूपमा तिनीहरूको रक्षाका लागि हाम्रो पार्टीले विशेष जोड दिन्छ । आज संविधान दिवसको उपलक्ष्यमा हामीले त्यसका लागि उच्च प्रकारको सतर्कता अपनाउन सम्पूर्ण जनतासित अपिल गर्दछौँ ।

    २०८० असोज ०३ गते ।
    मोहनविक्रम सिंह
    महामन्त्री

    बुधबार, असोज ०३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.