मुसिकोट । रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलङ्गामा रक्तिम सांस्कृतिक अभियानको प्रथम जिल्ला भेला सम्पन्न भएको छ ।
केन्द्रीय अध्यक्ष गिरीप्रसाद बुढाको उपस्थितिमा २०८० भदौ ३० गते शनिबारको दिन सो भेला सम्पन्न भएको हो ।
भेलामा सहभागी प्रतिनिधिहरूलाई अध्यक्ष गिरीप्रसाद बुढाले सैद्धान्तिक प्रशिक्षण दिनुभएको थियो ।
भेलाले नौ सदस्यीय रक्तिमको जिल्ला सङ्गठन समिति गठन गरेको छ ।
आयुष गौतम केसी अध्यक्ष रहनुभएको उक्त समितिको उपाध्यक्षमा लोकेन्द्र घर्तीमगर, सचिवमा सीता बुढामगर सहसचिवमा सहिसलामत बुढामगर र कोषाध्यक्षमा करिश्मा समाल रहनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा बिमला ददेल, लक्ष्मी ददेल, कल्पना बुढामगर र लक्ष्मण ददेल रहनुभएको छ ।
भेलाले सामुयल परियार, निखिल दलामी, सुरज परियार र अङ्कित परियारसहितको बाल कलाकार टोली निर्माण गरेको छ ।
सङ्गठन निर्माणपश्चात् राष्ट्रिय जनमोर्चा जिल्ला सङ्गठन समिति रुकुम पश्चिमका कोषाध्यक्ष सत्यनारायण श्रेष्ठले निर्वाचित पदाधिकारीलाई बधाई दिनुभएको थियो ।