बागलुङबजार । बागलुङको बरेङ गाउँपालिका वडा नं. ३ बाटाकाचौरको साग्दीमा अखिल नेपाल युवक सङ्घको तेस्रो प्रशिक्षणात्मक भेला सम्पन्न भएको छ ।
‘सम्पूर्ण वामपन्थी, देशभक्त तथा प्रगतिशील युवाहरू एक हौँ’ नाराका साथ २०८० भदौ २९ गते शुक्रबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।
भेलाको उद्घाटन युवक सङ्घ बागलुङका कोषाध्यक्ष दुर्गबहादुर थापाले दीप प्रज्ज्वलन गरी गर्नुभएको थियो ।
सो अवसरमा मन्तव्य राख्दै उहाँले देशमा फैलिएको विकृति, विसङ्गति विरुद्ध आवाज बुलन्द गर्न युवा आफू नै पहिला सुध्रिनु आवश्यक भएको बताउनुभएको थियो ।
विशिष्ट अतिथि रहनुभएका राजमो जिल्ला सचिवालय सदस्य तथा पालिका अध्यक्ष कृष्णप्रसाद शर्माले शुभकामना मन्तव्य राख्दै सरकारले युवा दस्तालाई देशमा रोजगारको व्यवस्थापन गर्नुभन्दा बैदेसिक रोजगारमा धकेल्ने गरेको बताउनुभयो ।
कार्यक्रममा अखिल नेपाल शिक्षक सङ्घका जिल्ला सदस्य सोमबहादुर श्रीस, राजमो बरेङ पालिका अध्यक्ष पूर्णबहादुर पुन, राजमो बरेङ पालिका सचिव पृथ्वी पुन, बरेङ पालिका इन्जिनियर कृष्णबहादुर थापा, राजमो बरेङ पालिका सदस्य तथा वडा नं.४ सल्यानका राजमो अध्यक्ष खडक पुनलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
अध्यक्षमा थापा
भेलाले प्रेम थापा अध्यक्ष रहनुभएको दुई वैकल्पिक सदस्यसहितको १५ सदस्यीय युवक सङ्घको पालिका समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा सुमन थापा, सचिवमा मनबहादुर पुन, सहसचिवमा निरज रुचाल र कोषाध्यक्षमा लोकबहादुर क्षेत्री रहनुभएको छ ।
त्यसैगरी, सदस्यहरूमा कमल बस्नेत, नवीन गुरुङ, फनि पौडेल, रश्मि थापा, यमन थापा, चन्द्रबहादुर बुढा, मनबहादुर पुन, कृष्ण खत्री र रेशम काउचा रहनुभएको छ ।
नवगठित समितिलाई प्रमुख अतिथि थापाले शपथ ग्रहण गराउनुभएको थियो ।
समितिलाई प्रगतिशील पत्रकार सङ्घका केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश सदस्य प्रकाश छन्त्यालले बधाई दिनुभएको थियो ।
कार्यक्रम प्रेम थापाको अध्यक्षता, मन बहादुर पुनको स्वागत र तुफान पुनको सञ्चालनमा सम्पन्न भएको थियोे ।






