• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

निर्णायक तहमा महिला सहभागिता हुनुपर्नेमा जोड


  •   शुक्रबार, भदौ २९, २०८० मा प्रकाशित
  • काठमाडौँ । राजनीतिक दलहरूको विधान र चुनावी घोषणापत्रमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका सवाल समावेश गरिए पनि निर्णायक तहमा भने अझैसम्म महिलाको सशक्त भूमिका र उपस्थिति हुन नसकेकामा चिन्ता व्यक्त गरिएको छ ।

    Advertisement

    दलित महिला केन्द्रले आयोजना गरेको “महिलाको राजनीतिक सहभागिता तथा लैङ्गिक समावेशीकरणको वर्तमान अवस्था र राजनीतिक दलहरूको भूमिका” विषयक छलफलमा नेपाली काङ्ग्रेसका नेत्री पुष्पा भुसालले महिलाको सहभागिता ३३ प्रतिशत भएर मात्र नपुग्ने भएकाले प्रतिस्पर्धी र क्षमतावान पनि हुनुपर्ने बताउनुभयो ।

    ‘संविधानमा ३३ प्रतिशत महिला सहभागिताको व्यवस्था गरिएको छ तर उनीहरू प्रतिस्पर्धी र क्षमतावान पनि हुनुपर्‍यो’ उहाँले भन्नुभयो– ‘निर्णय गर्ने ठाउँमा महिला खै त ? निर्वाचनमा महिला उठाएर मात्र भएन जिताउने रणनीति र योजना पनि हुनुपर्छ ।’

    नेकपा (एमाले) सांसद जीवन घिमिरेले नेपालमा प्रजातन्त्रको स्थापनासँगै क्रमश: महिला सहभागिता हुँदै गएर पछिल्लो समयमा तुलनात्मक रूपमा महिला सहभागितामा वृद्धि भए भए पनि सन्तोष मान्नुपर्ने अवस्था भने अझै नभएको बताउनुभयो ।

    उहाँले परिर्वतनलाई आत्मसात् गर्दै संविधानको कार्यान्वयनमा भएका कमजोरीलाई सच्याउँदै लानुपर्नेमा जोड दिनुभयो ।

    नेकपा (माआवादी केन्द्र) का सचेतक रूपा चौधरीले राजनीतिक व्यवस्था परिर्वतन गर्न बन्दुकसमेत बोक्न पछि नपरेका महिलाको समस्यामा पुरुषले बोल्नुपर्ने र दलितका कुरा गैरदलितले बोल्नु जरुरी भएको बताउनुभयो ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सन्तोष परियारले राज्यको मूलधारबाट पछाडि परेका जाति, वर्ग, लिङ्ग र क्षेत्रका मानिसका लागि आरक्षण आवश्यक भएको चर्चा गर्दै राजनीतिक सोचका कारण महिला पछाडि पारिएकाले तिनलाई मूलधारमा ल्याउनपर्नेमा जोड दिनुभयो ।

    नेकपा (एकीकृत समाजवादी) का मेटमणि चौधरीले प्रत्यक्ष निर्वाचनमा उठाउँदा नै महिलालाई प्राथमिता दिनुपर्ने र त्यसका लागि सबै राजनीतिक दलले नीति तथा घोषणापत्रमा नै समेटेर जानुपर्ने आवश्यकता औँल्याउनुभयो ।

    अधिवक्ता इन्दु तुलाधरले “राजनीतिक दलहरूको विधान र चुनावी घोषणापत्रमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका सवाल” विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको सो कार्यक्रममा सहभागीले राजनीतिमा सहभागी भएका ३३ प्रतिशत महिलालाई सूचीमा राख्नका लागि मात्र नभएर निर्णय गर्ने स्थानमा पनि सहभागिता गराउन जरुरी भएको धारणा राखेका थिए ।

    शुक्रबार, भदौ २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.