काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले च्यासलमा पुगेर संविधानसभा अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई श्रद्धाञ्जली दिनुभएको छ ।
Advertisement
२०८० भदौ २६ गते मङ्गलबार एमालेको पार्टी कार्यालय च्यासल पुगेर उहाँले श्रद्धाञ्जली दिनुभएको हो ।
उहाँसँगै राजमो केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्रीले पनि नेता नेम्वाङलाई श्रद्धाञ्जली दिनुभएको थियो ।
गत राति बालुवाटारस्थित निवासमा बेहोस भएका नेम्वाङलाई त्रिवि शिक्षण अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।
उनको शव नेपाली सेनाको गाडीमा राखेर अन्तिम श्रद्धाञ्जलीका लागि च्यासलमा पुर्याइएको थियो ।