काठमाडौं । सुन तस्करी प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका अधिकृतसहित तीन कर्मचारी पक्राउ परेका छन्।
Advertisement
पक्राउ पर्नेमा भन्सार अधिकृत पुष्पा जोशी, नायव सुब्बाद्वय कमल परियार र वीरेन्द्र नेपाली रहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनाएको छ ।
यो सँगै सुन प्रकरणमा पक्राउ पर्नेको संख्या ३१ पुगेको छ। यसअघि पक्राउ परेकाहरूको बयानका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यो प्रहरणमा पक्राउ परेका ३० जना हाल सीआईबीको हिरासतमा छन् भने भन्सार एजेन्ट रूक्मिना सुब्बालाई बिरामी परेका कारण हाजिरी जमानीमा छाडिएको छ।