काठमाडौं । काठमाडौं जिल्लास्तरीय त्वेकान्दो प्रतियोगितामा कपन, बालुवाखानीस्थित फेरिल्याण्ड इन्टरनेसनल स्कुलले काश्य पदक प्राप्त गरेको छ ।
Advertisement
प्रथम केयू सिटी काठमाडौं जिल्लास्तरीय प्रतियोगितामा विद्यालयकी छात्रा कृपा खपाङ्गीले २५ केजी तौल समूहमा तेस्रो स्थान प्राप्त गर्दै कांश्य पदक जितेकी हुन् ।
प्रतियोगतामा २० वटा विद्यालयका २५० बढी प्रतिस्पर्धी सहभागी थिए ।
बागमती प्रदेश त्वेकान्दो संघका अध्यक्ष केशव पुरीको प्रमुख आतिथ्यतामा भएको सो प्रतियोगिताको आयोजना केयू सिटी विद्यालयले गरेको हो ।