• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

बागलुङका ग्रामीण सडक अवरुद्ध हुँदा खाद्यान्न आपूर्तिमा समस्या


  •   शुक्रबार, भदौ २२, २०८० मा प्रकाशित
  • ढोरपाटन (बागलुङ) । असार दोस्रो सातादेखि बन्द भएका बागलुङका ग्रामीण सडक अहिलेसम्म सञ्चालनमा आएका छैनन् ।

    Advertisement

    बाढी, पहिरो र खहरेखोलाका कारण अवरुद्ध बनेका सडक सञ्चालनमा नआउँदा बजारदेखि सामान ढुवानी गर्न समस्या भएको छ ।

    सडक पूर्ण रुपमा अवरुद्ध हुँदा खाद्यान्न आपूर्तिमा समस्या परेको छ ।

    जिल्लाको निसीखोला, तमानखोला, बडिगाड र बरेङ गाउँपालिका तथा ढोरपाटन नगरपालिकालगायत दर्जनौँ गाउँसम्म पुग्ने सडक ठप्प छन् । ठप्प सडक असोज लागे मात्रै खुल्ने भएका छन् ।

    त्यसबेलासम्म मान्छेले नै बोकेर सामान ओसारपसार गर्नुपर्ने बाध्यता छ । करिब दुई महिनाअगाडि पहिरोले अवरुद्ध भएको सडक अहिलेसम्म सञ्चालनमा नआएको निसीखोला–१ का तुल्सीराम घर्तीले बताउनुभयो । गाउँको तल्लो क्षेत्रसम्म सडक सञ्चालनमा रहे पनि माथिल्लो क्षेत्र पूर्ण रुपमा ठप्प भएको बताउनुभयो ।

    सडक अवरुद्ध हुँदा बुर्तिबाङ, देविस्थान लगायतका बजारबाट सामान ढुवानी गर्न नसकिएको घर्तीको भनाइ छ । केही दिनदेखि वर्षा रोकिएको हुँदा अब गाउँपालिकाले सडक खुलाउने विश्वास उहाँको छ । जेठमा जोहो गरेर राखेका खाद्यान्न सबै सकिन थालेको भन्दै स्थानीयवासीले बोकेरै बजारबाट सामान ल्याउन थालेको घर्ती बताउनुहुन्छ ।

    ‘पहिले–पहिले यस्तो सडक थिएन, गाडी पनि गाउँमा जाँदैन्थे, अहिले सडक घरै अगाडि पुगेको छ, तर बर्खामा गाडी गुड्दैनन्, बर्खामा गाडी नगुड्दा यात्रा गर्न र बजारदेखि सामान ल्याउन निकै गाह्रो हुँदो रैछ’, घर्ती मगरले भन्नुभयो, ‘गाउँमा बल्ल मकै पाक्दैछ, नुन, चामल सबै बजारबाट ल्याउनुपर्ने, दुई महिनासम्म बजार जान पाइएको छैन, चाँडबाड पनि आउन लागे, अब बोकेरै भए पनि चाहिने सामान ल्याउनुपर्ने भयो, सडक खुल्न त अझै महिना दिन लाग्ला, त्यस बेलासम्म भोकै बस्न भएन, घरमा खानेकुरा सकिन थाल्यो ।’

    जिल्लाको तमानखोला गाउँपालिकाका धेरै गाउँमा असार दोस्रो सातादेखि नै गाडी सञ्चालन हुन सकेका छैनन् । नर्जाखानी, पात्ले, भित्रिवन, खुङ्खानी, थास्पुरी लगायतका गाउँका बासिन्दाले घोडा खच्चड र मान्छेले नै बोकेर ल्याएका सामान उपभोग गर्दै आएका छन् ।

    स्थानीयवासी मीनबहादुर सिर्पालीले गाउँमा पुग्न बोङ्गादोभान बजारदेखि चार स्थानमा खोला तर्नुपर्ने जनाउँदै अहिले पानीको बहाव बढ्दा समस्या भएको बताउनुभयो । एउटै खोलामा चार स्थानमा पुल आवश्यक पर्ने हुँदा अहिलेसम्म कुनै पनि ठाउँमा पुल नबन्दा समस्या भएको सिर्पाली बताउनुहुन्छ ।

    ‘सडकले हिउँदमा त निकै सहज बनाइदिएको छ, तर बर्खामा भने समस्या बनाउँछ, बाटो बन्द भएपछि हिँडेर बजार आउनुपर्छ, हिँडेरै फर्किनुपर्छ, पहिले–पहिले धेरै ठूलो भारी बोकेर हिँड्दा पनि गाह्रो हुँदैन्थ्यो, अहिले गाडीले गर्दा बानी बिग्रिएर थोरै सामान बोक्न पनि गाह्रो पर्छ’, उहाँले भन्नुभयो, ‘अब बर्खा सकिन लाग्यो सडक खुलाउलान्, यो बर्खाको समय त निकै सास्ती खेप्नुपर्ने, कतिबेला कहाँ पहिरोले पुर्छ भन्ने डर, कति बेला बाढीले बगाउँछ भन्ने डर हुन्छ ।’

    बर्खा कम हुँदै गएपछि खोलामा पानीको बहाव घट्दै गएको हुँदा अब केही समयमै सडक खुलाउने प्रयास गर्ने तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बताउनुभयो ।

    लामो समयदेखि ग्रामीण सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित भएकाले भौगोलिक विकटताका कारण वर्षौंदेखि समस्या झेल्दै आएको उहाँको भनाइ छ । ग्रामीण सडकमा धेरै समस्या नभएको भन्दै खोलाका कारण यातायातका साधान सञ्चालन हुन नसकेको अध्यक्ष बुढा मगर बताउनुहुन्छ ।

    उहाँले भन्नुभयो, ‘दुई वर्ष अगाडिसम्म बुर्तिबाङदेखि गाउँपालिकाको केन्द्र बोङ्गादोभानसम्म पुग्न पनि दुई खोला पार गर्नुपथ्र्यो, खोलामा पुल नहुँदा यातायातका साधान ठप्प हुन्ने, अहिले त पुल बनेको छ, तर बोङ्गादोभानदेखि गाउँ–गाउँमा पुग्न, एउटै खोलाको पनि धेरै स्थानमा पुल बनाउनु पर्ने छ, पालिकाले एक्लै पुल बनाउन सक्ने क्षमता हुँदैन, माथिल्लो निकायसँग माग गरेका छौँ, बिस्तारै पुल पर्‍यो भने सिधा यातायात सञ्चालन हुने छ, नागरिकले अहिलेको जस्तो दु:ख पाउनुपर्ने छैन ।’

    केही दिनयता वर्षा रोकिएको हुँदा खोलामा पानीको बहाव पनि कम हुँदै गएको जनाउँदै अब केही दिनमा सबै शाखा सडकहरु खुलाउने तयारी रहेको अध्यक्ष बुढा मगरले बताउनुभयो । वडा नम्बर २ को खोलेस्बाङ लगायत अन्य गाउँमा बाह्रै महिना सडक सञ्चालन नहुने उहाँको भनाइ छ ।

    शुक्रबार, भदौ २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.