काठमाडौ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण गर्न भारतले बाहिरी देशका नागरिकलाई भारत प्रवेशमा रोक लगाएको छ । विदेशमा रहेका आफ्ना नागरिकलाई समेत शुक्रबार (मार्च १३) देखि मुलुक छिर्न नदिने घोषणा गरेको हो ।
बीबीसीका अनुसार कोरोनाभाइरस प्रकोपले महामारी रूप लिएपछि उक्त कठोर कदम उठाइएको भारतले जनाएको छ । बुधबार भारतका शीर्ष मन्त्रीहरूको बैठकपछि उक्त ‘यात्रा निर्देशिका’ जारी गरिएको हो ।
बैठकको नेतृत्व केन्द्रीय स्वास्थ्य मन्त्री हर्षवर्धन र नागरिक उड्यन मन्त्री हर्दिप पुरीले गरेका थिए ।
यात्रा निर्देशिका अनुसार भारत सरकारले अब मार्च १३ अर्थात् भोलि शुक्रबार मध्याह्न १२ बजेपछि भारतका लागि हिँडको विदेशीलाई प्रवेश दिने छैन।
ब्रिटेन बाहेक अन्य देशका नागरिकलाई अमेरिकामा प्रवेश निषेध
यता, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरस कोभिड(नाइन्टीनको सङ्क्रमण रोक्ने प्रयासस्वरूप युरोपेली देशबाट आफ्नो देशमा गरिने सबै हवाई उडानमा ३० दिनका निम्ति रोक लगाएका छन् । टेलिभिजन सम्बोधनमार्फत उनले घोषणा गरेको नियम ब्रिटेनको हकमा भने लागु हुने छैन ।
उता, इटलीमा कोरोनाभाइरसको प्रकोप नियन्त्रण गर्न किराना र औषधीबाहेक सबै पसलहरू बन्द गर्ने घोषणा गरिएको छ । औषधी र किराना पसल खुला रहने छन् । युरोपको सबैभन्दा कडा प्रतिबन्धहरू घोषणा गरिएको उक्त देशमा सङ्क्रमितहरू र मृतकको सङ्ख्या निरन्तर बढ्दै गएपछि त्यस्तो निर्णय लिइएको हो ।
प्रधानमन्त्री जुजेप्पे कोन्टेले बार, रेन्टुरेन्ट, कपाल काट्ने पसल र अति आवश्यकीयबाहेका सबै किनमेल केन्द्र बन्द हुने बताए । सामान घरमै पुर्याउन भने रोकिने छैन।