राम गैरे पाल्पाली ##
Advertisement
सांसदहरूले फोहरमैला समाजबाट हटाउनुपर्छ ।
आफ्नै देशमा भ्रष्टाचार गर्नेलाई जेल पठाउनुपर्छ ।१।
साँचो मनले देशको सेवा गरौँ, सबैले नमन गर्ने छन् ।
राजनैतिक संस्कार उठाउन नयाँ बिरुवा लगाउनुपर्छ ।२।
युगको चित्कार बुझेर सदनले केही नयाँ गर्नुपर्छ ।
औद्योगिक क्रान्तिमा युवालाई बोध गराउनुपर्छ ।३।
सोचौँ, हामी भ्रष्टाचार नगरे बच्न सकिँदैन महोदय ।
सक्छौँ हामी बाँच्न महोदय नमुना बनेर देखाउनुपर्छ ।४।