काठमाडौं । एसिया कपमा नेपालका कुशल भुर्तेलले भारत विरुद्ध ३८ रन बनाएर आउट भएका छन् ।
Advertisement
टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि ओपनरद्वय भुर्तेल र शेखले साझेदारी बढाउँदै लगेका छन् । नेपालले ९.५ ओभरमा पहिलो विकेट गुमाएको छ ।
कुशल २५ बलमा ३८ रन बनाएर आउट भएका छन् । ९.५ ओभरको खेल सकिँदा नेपालले एक विकेट गुमाएर ६५ रन जोडेको छ ।
ओपनर आसिफ शेख २२ रनका साथ क्रिजमा छन् भने उनलाई साथ दिन भीम सार्की आएका छन् ।