हेम बिजी ##
Advertisement
तिजको भाका सुनाउँछु भदौरे झरीलाई
देश लुटेर नेताले खाए बरीलाई
सुनपैसा गाडी अनि काठमाडौँमा महल
धनी भए नेता जति जनता कङ्गाल
नक्कली शरणार्थी प्रमाणपत्र थमाउने
अमेरिकी डलरमा पैसा कमाउने
नेपालीलाई भुटानी बनाउँदै बेचेका
ललितानिवास खानलाई कथा रचेका
सरकारी जग्गाजति व्यक्तिको नाउँमा
लुटेको कालो धन राख्छन् कुन ठाउँमा
नेतासँग मिलेर सुन तस्कर बोल्दैनन्
सुन समात्ने मेसिन किन चल्दैनन्
जग्गा सुन धुकुटी नेता मिली रित्याए
खाना अब के छ देशमा सबै सिध्याए
सत्ता जोगाई पाऊँ भन्दै विदेशीको पाउमा
राष्ट्रियता सुम्पी दिन्छु तिम्रै नाउँमा
नेतालाई गणतन्त्र जनतालाई सास्ती
देश लुटेर नेताले गरे मोजमस्ती
विद्रोहमा उठौँ जनता तिजमा एकैसाथ
देश लुट्ने देश बेच्ने नेता मुर्दावाद