रोल्पा । राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको एक महिने संगठनात्मक अभियान अन्तर्गत रोल्पा जिल्लाका विभिन्न स्थानीय तहमा संगठन निर्माण भइरहेको छ । जिल्लाभर तीनवटा टोली परिचालन गरी सदस्यता वितरण, जनघेटघाट तथा संगठन निर्माण भइरहेको राजमो रोल्पाले जनाएको छ ।
अभियानकै क्रममा थवाङ गाउँपालिकाका विभिन्न वडामा राजमोको समिति गठन भएका छन् । राजमो जिल्ला सल्लाहकार हस्तमणी पुनले दिनुभएको जानकारी अनुसार थवाङको वडा नं ४ र ५ मा सम्पन्न छुट्टाछुट्टै भेलाले वडा समिति गठन गरेको हो ।
वडा नं ५ मा तोलाधीर घर्तीको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा विर्खबहादुर रोका, सचिव दिलकुमारी पुन, सहसचिव अमृत घर्ती, कोषाध्यक्ष कल्पना घर्ती र सदस्यहरुमा सीता घर्ती, विरबहादुर घर्ती, सेते घर्ती, जोखमान घर्ती तथा सल्लाहकारमा वागपुरा रोका रहनुभएको छ ।
भेलामा राजमो जिल्ला सल्लाहकार हस्तमणी पुन र जिल्ला सदस्य केवी थापाले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रमको अध्यक्षता तोलाधीर घर्ती, स्वागत दिलकुमारी घर्ती र सञ्चालन धनप्रसाद बुढाले गर्नुभएको थियो ।
यस्तै, थवाङकै वडा नं ४ मा गठित वडा समितिको अध्यक्षमा राईबहादुर पुन, सचिव लालकुमारी घर्ती र कोषाध्यक्ष सुनपुरा पुन तथा सदस्यमा लिलासिंह पुनलगायत रहनुभएको छ ।
रोल्पामा तीनवटा टोली बनाएर जिल्लाव्यापी रुपमा संगठन निर्माण अभियान सञ्चालन गरिएको छ । जिल्लाको लुङ्ग्री, र सुनिल स्मृति गाउँपालिका तथा रोल्पा नगरपालिकामा जिल्ला अध्यक्ष मेघनाथ विष्ट र किसान नेता विवि विष्टको नेतृत्वमा अभियान सञ्चालन गरिएको छ ।
त्यस्तै, त्रिवेणी र रुन्टीगढी गाउँपालिकामा राजमो जिल्ला सचिव डम्बर खड्का र सदस्य भागिराम विकले अभियानको नेतृत्व गर्नुभएको छ भने परिवर्तन, माडी, थवाङ र गंगादेव गाउँपालिकामा जिल्ला सल्लाहकार हस्तमणी पुन र सदस्य केवी थापाले नेतृत्व गर्नुभएको छ ।