रिसव आचार्य, तौलिहवा ।
Advertisement
कपिलवस्तु जिल्लाको बाणगङ्गा नगरपालिका वडा नं. ५ झन्डा बैकुण्ठपुरमा राष्ट्रिय जनमोर्चाको भेला सम्पन्न भएको छ ।
राजमो नेताहरू सिद्धि आचार्य र सावित्रा अधिकारीको विशेष उपस्थितिमा २०८० भदौ १६ गते शनिबार उक्त भेला सम्पन्न भएको हो ।
भेलाले पाँच सदस्यीय टोल समिति गठन गरेको छ ।
समितिको अध्यक्षमा वसन्त गैरे रहनुभएको छ भने उपाध्यक्षमा धनबहादुर चुदाली, सचिवमा फौदबहादुर खत्री तथा सदस्यहरू सावित्रा अधिकारी र तुलाराम बेल्बासे रहनुभएको छ ।
भेलाले सल्लाहकारमा बेदुराम भुसाल र कालु नेपाली रहनुभएको छ ।
भेलामा बेदुराम भुसालको अध्यक्षता, चेतनारायण खनालको सञ्चालन रहेको थियो ।