• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

प्रतिगमन र राष्ट्रियतामाथिको चुनौती गम्भीर राष्ट्रिय समस्या : राष्ट्रिय जनमोर्चा


  •   शनिबार, भदौ १६, २०८० मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाले तात्कालिक राजनीतिक परिस्थितिमा प्रतिगमन र राष्ट्रियतामाथिको चुनौतीलाई गम्भीर समस्याको रूपमा ठहर गरेको छ ।

    Advertisement

    यही २०८० भदौ १५ गतेका दिन बसेको राजमो केन्द्रीय समितिको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

    अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा भदौ १६ गते शनिबार सार्वजनिक गरिएको प्रेसविज्ञप्तिमा यस्तो जानकारी दिइएको छ ।

    प्रेसविज्ञप्तिमा गणतन्त्र पक्षधर शक्तिले नै प्रतिगमनलाई गम्भीर रूपमा नलिनु, त्यससम्बन्धी राजनीतिक चेतनाको अभाव हुनु र युवा जनशक्तिको विदेश पलायनले अहिलेको राजनीतिक स्थिति गम्भीर बनाएको बताइएको छ ।

    त्यस्तै, एम.सी.सी. र सङ्घीयताले देशको राष्ट्रियतासामु गम्भीर चुनौति उभिएको निष्कर्ष पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    एवम् प्रकारले बैठकले असोज महिनामा सञ्चालन गरिने सङ्गठनात्मक अभियानका लागि प्रदेश समितिका बैठक, केन्द्रीय समितिमा रिक्त स्थानको पदपूर्ति र कतिपय प्रदेश र जिल्लाको इन्चार्जसम्बन्धी निर्णय भएको विज्ञप्तिमा जानकारी दिइएको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “२०८० भदौ १५ गते राष्ट्रिय जनमोर्चा केन्द्रीय समितिको बैठक अध्यक्ष का. चित्रबहादुर केसीको अध्यक्षतामा काठमाडौँमा बस्यो । बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्न यो प्रेसविज्ञप्ति जारी गरिएको छ ।

    १. केन्द्रीय समितिको बैठक मुख्यतया असोज महिनामा सञ्चालन गरिने देशव्यापी सङ्गठनात्मक अभियानको योजनाका सम्बन्धमा छलफल गर्न तथा राष्ट्रघाती एम.सी.सी. सम्झौता र सङ्घीयता विरुद्धको सङ्घर्षलाई अगाडि बढाउन आयोजना गरिएको थियो ।

    २. बैठकमा देशको समसामयिक राजनीतिक परिस्थितिका बारेमा गम्भीर रूपमा छलफल भयो । मुलुकमा गम्भीर रूपमा प्रतिगमनको खतरा बढिरहेको छ यद्यपि प्रतिगमनको खतरालाई गणतन्त्रका पक्षधर शक्तिहरूले गम्भीर रूपमा नलिनु, प्रतिगमन विरुद्धको राजनीतिक चेतनाको अभाव, युवा जनशक्तिको विदेश पलायनले अहिलेको राजनीतिक स्थितिलाई झन् गम्भीर बनाएको छ । प्रतिगामी शक्तिहरूले आफ्नो प्रभावमा वृद्धि गर्दै गएको र विदेशी शक्तिहरूले पनि तिनीहरूलाई राजनीतिक समर्थन र सहयोग गरिरहेको हुनाले गणतन्त्रमाथि खतरा उत्पन्न हुँदै गएको छ । गणतन्त्रको रक्षाका लागि सबै एकजुट हुनुपर्ने आवश्यकतामाथि बैठकले जोड दिएको छ ।

    मुलुकको राष्ट्रियतामाथि पनि गम्भीर खतरा उत्पन्न भएको छ । एकातर्फ, भारतीय साम्राज्यवाद, अर्कोतर्फ, अमेरिकी साम्राज्यवादले नेपालको राष्ट्रियतामाथि निरन्तर हस्तक्षेप र दबाब दिइरहेका छन् । एम.सी.सी. जस्तो राष्ट्रघाती सम्झौतालाई कार्यान्वयनमा लगेर नेपालको असंलग्न परराष्ट्र नीति धरासायी हुने र नेपाल विदेशीको क्रिडास्थल बन्ने खतरा उत्पन्न भएको हुनाले बैठकले एम.सी.सी. को खारेजीमा जोड दिने ठहर गरेको छ । चीनले समेत कालापानीको विषयमा भारतको पोजिसनलाई घुमाउरो प्रकारले समर्थन गरेर नक्सा जारी गरेकोले नेपालको राष्ट्रियताको रक्षाको प्रश्न झन् चुनौतिपूर्ण बनेको छ । राष्ट्रियताको रक्षाका लागि बैठकले सङ्घर्षमा जोड दिएको छ ।

    सङ्घीयताले आम नेपाली जनतालाई व्यवहारमा करको बोझमा पारेको छ । प्रादेशिक संरचनाले नेपाललाई अनावश्यक आर्थिक व्ययभारमा पारेको हुनाले यसको खारेजीका लागि सङ्घर्ष गर्नुपर्ने आवश्यकतामाथि बैठकले जोड दिएको छ ।

    ३. असोजमा सञ्चालन गरिने देशव्यापी सङ्गठनात्मक अभियान तथा सङ्घर्षलाई सफल पार्न प्रदेश, जिल्ला र स्थानीय तहका समेत बैठक बस्ने केन्द्रीय समितिले निर्णय गरेको छ । त्यसअनुसार बागमती प्रदेशको भदौ १७ गते, सुदूरपश्चिम प्रदेशको भदौ १८ गते, गण्डकी प्रदेशको भदौ २५ गते, कर्णाली प्रदेशको भदौ २२ गते, लुम्बिनी प्रदेशको भदौ ३० गते बैठक बस्ने ठेगान भएको छ ।

    ४. बैठकले केन्द्रीय समितिमा रिक्त रहेको पदमा वैकल्पिक सदस्य बेदिलाल सापकोटा (बागलुङ) लाई सहवरण गरेको छ । रिक्त रहेको तीनओटा वैकल्पिक सदस्यको पदमा का. नीलगोविन्द महर्जन (ललितपुर), का. मेघनाथ विष्ट (रोल्पा) र का. पूर्णबहादुर थापा (गुल्मी) लाई सहवरण गरेको छ । त्यसैगरी, रिक्त रहेको केन्द्रीय सल्लाहकारमा हरि आचार्य (प्युठान) लाई चयन गरेको छ ।

    ५. बैठकले बागमती प्रदेशको इन्चार्जमा केन्द्रीय उपाध्यक्ष का. दुर्गा पौडेल, गण्डकी प्रदेशको इन्चार्जमा केन्द्रीय सल्लाहकार का. अमर थापा र चितवन जिल्लाको इन्चार्जमा केन्द्रीय सदस्य का. डम्बर पुरीलाई चयन गरेको छ ।

    शनिबार, भदौ १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.