काठमाडौं । राष्ट्रिय जनमोर्चाले विवादित अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले झुठो बोलेको बताएकोे छ ।
बुटवलको एक कार्यक्रममा ‘गम्भीर अध्ययन र छलफलपछि नै एमसीसीबारे गठबन्धनभित्र सर्वसम्मती निकालेर सदनबाट पनि सर्वसम्मतले पारित गरिएको’ भनेर प्रचण्डले झुठो बोलेको राजमोले जनाएको छ ।
राजमो उपाध्यक्ष एवम् प्रवक्ता दुर्गा पौडेलले बिहीबार एक वक्तव्य प्रकाशित गरी पाँचदलीय गठबन्धनको बैठकमा राजमोले एमसीसीको प्रस्तावप्रति भिन्नमत प्रकट गरेको र संसदमा समेत त्यसका विरुद्ध मतदान गरेको स्पष्ट पार्नुभएको छ ।
वक्तव्यमा भनिएको छ, ‘नयाँपत्रिका दैनिक (भदौ १३) माप्रकाशित एउटा समाचार अनुसार वुटवलमा समाजवादीमोर्चाको कार्यक्रममाप्रधानमन्त्री प्रचण्डले भनेकाथिए : ‘गम्भीर अध्ययन र छलफल पछि नै एमसीसीबारे गठबन्धनभित्र सर्वसम्मतीनिकालेर सदनबाट पनि सर्वसम्मतले पारित गरिएको हो ।’ प्रधानमन्त्री प्रचण्डको उक्तभनाई सत्य नभएको कुरा मैले स्पष्ट गर्न चाहान्छु ।
पाँचदलीय गठबन्धनको बैठकमा हामीले एमसीसीको प्रस्तावप्रति आफ्नो भिन्नमत प्रकट गरेका थियौँ । संसदमा त्यो प्रस्ताव प्रस्तुत हुँदा पनि मैले त्यसका विरुद्ध मतदान गरेकीथिए । संसदको रेकर्ड हेरेमात्यो कुरा छर्लङ्ग हुनेछ । मजदुर किसान पार्टीले पनि त्यो प्रस्तावका विरुद्ध मतदान गरेको थियो । त्यो अवस्थामा पाँचदलका बीचमा र संसदमा समेत एमसीसीबारे सर्वहम्मती भएको कुरा असत्य भएको कुरा दिनको उज्यालो झै छर्लङ्ग छ ।’
यस्तै, पौडेलले वक्तव्यमा मलेसियामा सम्पन्न अन्तर्राष्ट्रिय टी–२० सिरिजको उपाधी नेपालले जितेकोमा बधाई दिनुभएको छ भने एसिया कप क्रिकेट अन्तर्गत विश्वको नम्वर १ टोली पाकिस्तानसँग नेपाली टिमले खेल्न पाएकोमा प्रशन्नता व्यक्त गर्नुभएको छ।
वक्तव्यमा अगाडि भनिएको छ, ‘मलेसियामा सम्पन्नअन्तराष्ट्रिय टी–२० सिरिजको उपाधी नेपालले जितेकोमाहाम्रो पार्टीले नेपालको महिला टोलीलाई बधाई दिन्छ । त्यसरी उनीहरुले नेपालको इज्जतलाई धेरै माथि उठाएका छन् । हामीले आशागर्दछौँ, भविष्यमा उनीहरुले खेलकुदको क्षेत्रमा नेपालको इज्जतलाई अरु उच्चतहमा माथि उठाउदै लैजानेछन ।
नेपालको क्रिकेट टिम पाकिस्तानसितको खेलमा पराजीतभएको छ । त्यो टिम पराजितहुनु मुख्य कुरा होइन, मुख्य कुरा पाकिस्तान जस्तो विश्वको नम्बर १ क्रिकेट टिमसित खेल्नु नै हो । पाकिस्तानसितको प्रतिद्वन्द्वताबाट त्यसले नेपालको क्रिकेट खेलको इतिहासमा एउटा नयाँ आयाम थपेको छ । त्यसलाई पाकिस्तानसित खेल्ने अवसर पनिपहिले अन्तराष्ट्रिय स्तरकाकैयौँ क्रिकेट टोलिहरुमाथि विजय हासिल गरेर नै प्राप्त भएको हो ।
त्यसरी पाकिस्तानसितको खेलमा त्यसको पराजय पनि विजयको लामो सिलसिलामाथि उभिएको छ । त्यसकारण हामीले नेपालको क्रिकेट टोलीलाई पनिवधाई दिन्छौँ र अन्तराष्ट्रिय स्तरका क्रिकेट टिमहरुसितको खेलकुदको अनुभवले त्यसलाई अरु उच्च स्तरमा विकास गर्दै जान मदत पुग्नेछ भन्ने हामीले आशा र विश्वास गर्दछौँ ।’





