राम गैरे पाल्पाली ##
Advertisement
सुन नेता एम.सी.सी. घर पठाउनुपर्छ
जनता मालिक हुन् अधिकार पाउनुपर्छ
छलकपट होइन यथार्थका कुरा गर्नुछ
मात्तिए नेता भने प्रतिबन्ध लाउनुपर्छ
धेरै भए विचारविमर्श यो देशभित्र हेर
पक्कापक्की विदेसी हस्तक्षेप हटाउनुपर्छ
गल्तीमाथि गल्ती हुँदैन बरु पराजय हुन्छ
हाम्रो देशमा जनताकै गीत गाउनुपर्छ
उत्पादनका श्रोत देशका युवा छन् यहाँ
आत्मनिर्भरताकै अभियान चलाउनु पर्छ