पुष्पा थापामगर ##
उठ जाग दाजुभाइ उठ दिदीबैनी हो
क्रान्तिको बाटोमा अघि बढ्ने हो
सङ्घर्षमा जुटौँ सबै नगरौँ है बहाना
शोषितपीडित जनतालाई शुभकामना
हाम्रो शिक्षा कस्तो छ, मास्टर डिग्री गरे नि
विदेशमै जानुपर्ने जति पढे नि
छोराछोरी अमेरिका, अस्ट्रेलिया, जापान
बुढाबुढी वृद्धाश्रम कस्तो चलन
कोही भन्छन् क्यानडा कोही भन्छन् मलाय
गरिखाने वर्गको छैन उपाय
पढ्ने रे जापानी, आइल्स र टोफेल
आफ्नो देशमा बस्ने संस्कार पर्यो ओझेल
चिन्नुपर्छ को हो मित्र, को हो वर्गदुस्मन रु
एक दिन पक्कै बनाउनछ सबै समान
सङ्घीयता काम छैन न त हाम्ले मागेको
देशै जान थालिसक्यो खै त जागेको रु
धर्म र जतको युद्ध हैन हाम्ले चाहेको
तमुवान् र लिम्बुवान् नि हैन मागेको
सङ्घीयता चाहिँदैन राजमोको नारा
मिलिजुली सबै बसौँ नेपाली सारा
कोही भन्छन् मधेस, कोही किरात, मगरात
विभेदमुक्त समाजलाई हाम्रो स्वागत
विज्ञान र प्रबिधिको समाज हाम्लाई चाहिन्छ
धार्मिक समाज बनाउन कहाँ पाइन्छ रु
धर्मनिरपेक्षता आन्दोलनको उपलब्धि
गणतन्त्र, संविधान नि हाम्रो सम्पत्ति
यो शासनमा धेरै छन् विकृति र बेथिति
समाजवाद र साम्यवाद हो हाम्रो रणनीति
उठ जाग दाजुभाइ, उठ दिदीबैनी हो
क्रान्तिको बाटोमा अघि बढ्ने हो