• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

एम.सी.सी. जस्तो सम्झौतालाई ध्वनिमतले पारित गर्नु गलत : केसी (फोटासहित)


  •   बुधबार, भदौ १३, २०८० मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एम.सी.सी. जस्तो सम्झौतालाई ध्वनिमतले पारित गर्नु गलत भएको बताउनुभएको छ ।

    Advertisement

    एम.सी.सी. कार्यान्वयनको विरुद्धमा २०८० भदौ १३ गते बुधबार काठमाडौँको शान्तिवाटिकामा आयोजित विरोधसभालाई सम्बोधनन गर्दै उहाँले यस्तो विश्लेषण गर्नुभएको हो ।

    राजमो काठमाडौँको आयोजनमा सम्पन्न विरोधसभामा प्रमुख अतिथिको आसनबाट बोल्दै अध्यक्ष केसीले एम.सी.सी. पारित गर्दाको समय २०७८ फागुन १५ गतेको संसद् सम्झनुभयो ।

    ‘मलाई अहिले पनि झलझली त्यति बेलाको याद आइरहेको छ’ उहाँले भन्नुभयो– ‘ल हेर्नुस त, एम।सी।सी। जस्तो राष्ट्रघाती सम्झौता पारित गर्ने ध्वनिमतबाट । त्यसका लागि हस्ताक्षर गर्नुनपर्ने, सांसदहरूको रेकर्ड राख्नुनपर्ने ।’

    अध्यक्ष केसीले एम.सी.सी. अत्यन्तै हचुवाको भरमा पारित गरिएको दाबी गर्नुभयो ।

    ‘यता नयाँबानेश्वरमा पुलिस र देशभक्त जनताको माझमा भिडन्त भइरहेको थियो’ उहाँले भन्नुभयो– ‘उता, अमेरिकी साम्राज्यवादका मतियारहरू एम।सी।सी। पारित गर्दै थिए, त्यो पनि ध्वनिमतबाट ।’

    सम्बोधनको क्रममा जनप्रिय नेता केसीले अमेरिकी साम्राज्यवादलाई खुसी पार्न मुट्ठिभर सांसदहरूले एम.सी.सी. पारित गरेको भए पनि नेपाली जनताले पारित नगरेको स्पष्ट पार्नुभयो ।

    उहाँले भन्नुभयो– ‘नेपाली जनताले एम.सी.सी. पारित गरेका छैनन् । त्यसैले यसलाई नेपाली जनताले कार्यान्वयन पनि गर्न दिने छैनन् भन्नेमा राष्ट्रिय जनमोर्चा ढुक्क छ ।’

    चीन चिढाउन एम.सी.सी. : प्रवक्ता पुरी
    कार्यक्रमलाई नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले पनि सम्बोधन गर्नुभएको थियो ।

    सम्बोधनको क्रममा उहाँले चीनलाई चिढाउन एम.सी.सी. अगाडि सारिएको तर्क गर्नुभयो ।

    ‘तपाईंहामीलाई थाहै छ त, एम.सी.सी. चीनलाई चिढ्याउनका लागि ल्याइएको हो’ उहाँले भन्नुभयो– ‘दु:खको कुरो यो भयो, अमेरिकी साम्राज्यवाद र चीनको विरुद्धमा चर्को अन्तरविरोध छ तर त्यसको मारमा हामी पर्ने भयौँ ।’

    उहाँले एम.सी.सी. लाई नेपालले स्वीकारेपछि चाहेर वा नचाहेर नेपालले आफ्नै छिमेकी चीनको विरुद्धमा जानुपर्ने अवस्था उत्पन्न भएको बताउनुभयो ।

    ‘अमेरिकी साम्राज्यवादले हामीलाई चीनको विरुद्धमा उभ्याइदिएको छ’ उहाँले भन्नुभयो– ‘नेपालमा अमेरिकी साम्राज्यवादपरस्त शासकहरूले हाम्रो देशलाई चीनविरोधी क्रिडास्थलमा परिणत गराउने भए ।’

    उहाँले एम.सी.सी. पास गरेपछि नेपालको असंलग्न परराष्ट्रनीति समाप्त भएको बताउँदै सरकारको यस खालको राष्ट्रियता र असंलग्न परराष्ट्रनीति विरोधी कदमको खुलेर विरोध गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    एम.सी.सी. आर्थिक सहयोग होइन ? सचिव पुरी
    कार्यक्रमलाई राजमो केन्द्रीय सचिव हिमलाल पुरीले सम्बोधन गर्दै एम.सी.सी. आर्थिक सहयोगको परियोजना नभएको दाबी गर्नुभयो ।

    ‘कैयौँ सञ्चारमाध्यमहरूले दाबी गरिरहेका छन् कि यो अमेरिकाको सहयोग परियोजना हो’ उहाँले भन्नुभयो– ‘तर एम.सी.सी. आर्थिक सहयोग परियोजना होइन । त्यसलाई हिन्द्रप्रसान्त रणनीति (आई.पी.एस) सँग जोडेर हेर्नुस्, तपाईंले धेरै कुरा बुझ्नुहुने छ ।’

    सचिव पुरीले अमेरिकाले नेपालको विकास निर्माणलाई सघाउन चाहेको भए युएसएड जस्तो संस्था पहिलेदेखि नै रहेको स्मरण गराउनुभयो ।

    ‘युएसएड थियो त पहिलेदेखि नै अमेरिकाको’ उहाँले भन्नुभयो– ‘तर एकाएक एम.सी.सी. किन ल्याइयो ? किन भन्दा आई.पी.एस. अन्तर्गत दक्षिण एसियामा चीन घेर्नका लागि एम.सी.सी. ल्याइएको हो ।’

    उहाँले एम.सी.सी. अमेरिकाको आर्थिक सहयोगको परियोजना हो भन्ने भ्रममा नपर्न आम जनतासित अपिल पनि गर्नुभयो ।

    कार्यक्रमलाई अखिल (छैठौं) का अध्यक्ष देवेन्द्र कुँवरले पनि सम्बोधन गर्नुभएको थियो ।

    कार्यक्रममा राजमो केन्द्रीय उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेल, राजमो केन्द्रीय सल्लाहकार तथा राष्ट्रियसभाका सांसद राजेश विश्वकर्मा, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी र राजमोका पूर्व महासचिव तथा सांसद हरि आचार्यको पनि आतिथ्यता रहेको थियो ।

    राजमो काठमाडौँका अध्यक्ष झविन्द्र भुसालको अध्यक्षतामा अगाडि बढेको विरोधसभाको सञ्चालन सचिव छवि खनालले गर्नुभएको थियो ।

    बुधबार, भदौ १३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.