शङ्करप्रसाद पोख्रेल, बुटवल (रुपन्देही)
राष्ट्रिय जनमोर्चा रुपन्देही जिल्ला समितिले एमसीसी विरुद्ध कोणसभा सम्पन्न गरेको छ ।
Advertisement

२०८० भदौ १३ गते बुधबारका दिन बुटवल बजारमा सो कार्यक्रम सम्पन्न भएकाे हो ।

एमसीसी विरुद्धको कोणसभामा बोल्दै वक्ताहरूले अमेरिका अब एसपिपि सम्झौता गराउने चलखेलमा रहेको बताउँदै राष्ट्रियता जोगाउनको लागि एमसिसी विरुद्ध एक हुन सम्पूर्ण राष्ट्रवादी नेपालीहरू एक हुनुपर्ने बताएका छन् ।

राष्ट्रिय जनमोर्चाका प्रदेश उपाध्यक्ष तथा केन्द्रीय सल्लाहकार बद्रे आलाम, नेकपा मसाल रुपन्देहीका प्रवक्ता लालचन्द पन्त र राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष टानबहादुर केसीले एमसीसी विरुद्धको कोणसभालाई सम्बोधन गर्नुभएको थियो ।

उक्त, कार्यक्रमको सञ्चालन गोपाल बन्जाडेले गर्नुभएको थियो ।
