परासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवल नगरपालिका वडा नं. ६ विशासय गाउँमा अखिल नेपाल महिला सङ्घको गाउँ समिति गठन भएको छ ।
Advertisement
महिला सङ्घकी जिल्ला अध्यक्ष सम्झना सुवेदीको प्रमुख आतिथ्य तथा जिल्ला सचिव मनरूपा रानाको विशेष आतिथ्यमा २०८० भदौ ९ गते शनिबार सम्पन्न भेलाले समिति गठन गरेको हो ।
सावित्री भट्टराई अध्यक्ष रहनुभएको उक्त समितिको उपाध्यक्षमा गङ्गादेवी विक, सचिवमा लक्ष्मी घिमिरे, कोषाध्यक्षमा तारा घिमिरे तथा सदस्यहरूमा सीता सापकोटा, गायत्री कँडेल र तारा विक रहनुभएको छ ।
भेलाले रेवती घिमिरेलाई सल्लाहकारमा मनोनयन गरेको छ ।