दाङ । राष्ट्रिय जनमोर्चा दाङको संगठनात्मक अभियान निरन्तर रुपमा चलिरहेको छ । अभियानका क्रममा राजमोले हजारौं सदस्यता वितरण गरेको छ।
दाङमा विभिन्न पार्टी परित्याग गरी राष्ट्रिय जनमोर्चामा प्रवेश गर्ने लहर नै चलेको छ । यसैक्रममा तत्कालिन नेकपा एमालेबाट वडा अध्यक्षमा निर्वाचित पूर्व वडा अध्यक्ष खगेश्वर न्योपाने राजमोमा प्रवेश गर्नुभएको छ ।
उहाँलाई राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यले पार्टीको सदस्यता प्रदान गरी पार्टीमा स्वागत गर्नुभएको थियो ।
राजमोको सदस्यता लिँदै न्यौपानेले अहिलेको नेकपामा बैचारिक स्खलन आएको बताउनु भयो ।
नेकपामा विचारमा मात्रै स्खलन नभई अब भावनात्मक सम्बन्ध र सहयोग आदान प्रदानको भावना समेत नभएको न्यौपानेले बताउनु भयो ।
यो पनि पढ्नु होस्ः
उत्साहजनक संगठनात्मक अभियान, दाङमा ५ हजार भन्दा बढी सदस्यता वितरण
कस्तो रह्यो दाङमा संगठनात्मक अभियान, राजमोले गर्यो समीक्षा
दाङ देउखुरीमा संगठन विस्तार जारी
दाङमा सातवटा टोली बनाएर सदस्यता वितरण तिब्र
दाङमा यसरी सुरु भयो संगठनात्मक अभियान