दाङ । राष्ट्रिय जनमोर्चाद्वारा सञ्चालित १ महिने संगठनात्मक अभियानको दाङको घोराहीमा एक कार्यक्रम गरि उद्घाटन गरिएको छ । अभियानको उद्घाटन राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्यले दिप प्रज्वलन गरेर गर्नु भयो । सो अवसरमा बोल्दै अध्यक्ष आचार्यले फागुन महिनाभरी सम्पुर्ण नेता कार्यकर्ता जनताको घरदैलोमा पुगेर देशको अबस्थाको बारेमा बताउँदै निराश बनेर होइन उत्साहित हुँदै राष्ट्रियताको आन्दोलनमा सामेल हुन अनुरोध गर्न र राष्ट्रिय जनमोर्चाको सदस्यता बितरण गर्न अनुरोध गर्नु भयो ।
घोराही नगर अध्यक्ष हरि खरेलको अध्यक्षता भएको कार्यक्रममा राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य सुशील पोख्रेल, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सदस्य राम बहादुर घर्ती,जातीय समता समाजका केन्द्रीय उपाध्यक्ष टीका बिक, अखिल नेपाल कानुन ब्यवसायी संघका केन्द्रीय उपाध्यक्ष नुमानन्द आचार्य, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का जिल्ला सदस्य भिमकान्त पन्थी, अखिल नेपाल महिला संघ जिल्ला सदस्य बसन्ता भट्टराई, अखिल नेपाल राष्ट्रिय उधोग ब्यापार संघका जिल्ला सदस्य राम प्रसाद पोख्रेल, अखिल (छैठौं) जिल्ला सचिव लक्ष्मण बिक , अखिल नेपाल किसान महासंघका जिल्ला अध्यक्ष मिनु सुबेदी लगायतले अभियान सफलताको सुभकामना मन्तव्य राख्नु भएको थियोे ।
नगर कोषाध्यक्ष चन्द्र बहादुर रावतको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन नगर सचिव मंगल घर्तिले गर्नु भएको थियोे । कार्यक्रममा महिनाभरीको कार्यक्रमको कार्यतालिका जनजाति सम्मेलनका केन्द्रीय सदस्य रामबहादुर घर्तिले पेस गर्नु भएको थियोे ।