दाङ । राष्ट्रिय जनमोर्चा दाङले जिल्लाभर सातवटा टोली परिचालन गरी जनभेटघाट तथा सदस्यता वितरण अभियानलाई तिब्रता दिएको छ । दाङ देउखुरीमा जिल्लास्तरमा सात ओटा र स्थानीय स्तरमा अरु टोलीसमेत निर्माण गरी अभियान अगाडि बढेको छ ।
‘गणतन्त्र, धर्म निरपेक्षता र राष्ट्रियताको रक्षा गरौं, एक महिने संगठनात्मक अभियान सफल पारौं’ भन्ने नराका साथ जिल्लाब्यापी अभियान अगाडि बढेको राजमो दाङले जनाएको छ ।
जिल्लाको सदरमुकाम रहेको घोराही उपमहानगरपालिकामा जिल्ला अध्यक्ष गणेश आचार्यको नेतृत्वमा, तुलसिपुर उपमहानगरपालिकामा जिल्ला सदस्य शुक्रराज भण्डारीको नेतृत्वमा, लमही नगरपालिकामा जिल्ला सचिव वसन्तराज पौडेलको नेतृत्वमा कार्यक्रम अगाडि बढेको छ ।
यस्तै, गढबा गाउँपालिकामा प्रदेश समितिका सचिवालय सदस्य रेशम बिसीको नेतृत्वमा, राजपुर गाउँपालिकामा जिल्ला सदस्य कपिलदेव खनालको नेतृत्वमा, दङिसरन, शान्तिनगर र बबई गाउँपालिकामा जिल्ला सह सचिव ऋषिराम पौडेलको नेतृत्व र राप्ती गाउँपालिकामा अखिल नेपाल किसान महासंघका केन्द्रीय कोषाध्यक्ष प्रेम नारायण आचार्यको नेतृत्वमा अभियान चलिरहेको छ ।
बङगलाचुली गाउँपालिकामा भने फागुन महिनाको अन्तिम तिर अभियान चल्ने छ । सबै टिमको अभियानमा उत्साहजनक रुपमा पार्टीको सदस्यता वितरण भइरहेको छ ।
यो पनि पढ्नुहोस्ः दाङमा यसरी सुरु भयो संगठनात्मक अभियान