• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

सांसद राजेश विश्वकर्माको आशङ्का : छानबिन आफूतिर सोझिन्छ भनेर संसद् अवरुद्ध गरेको ?


  •   मङ्गलबार, भदौ ०५, २०८० मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार तथा राष्ट्रियसभा सांसद राजेश विश्वकर्मा (तुलप्रसाद) ले सुनतस्करीसम्बन्धी छानबिन आफूतिर सोझिन्छ कि भन्ने आशङ्काले गर्दा संसद् अवरुद्ध गरेको त होइन भनी प्रतिपक्षप्रति आशङ्का व्यक्त गर्नुभएको छ ।

    Advertisement

    २०८० भदौ ५ गते मङ्गलबार सम्पन्न राष्ट्रियसभाको चौधौँ अधिवेशनको सैतिसौँ बैठकमा मन्तव्य राख्दै उहाँले यस्तो आशङ्का व्यक्त गर्नुभएको हो ।

    ‘मलाई त शङ्का लाग्छ’ उहाँले भन्नुभयो– ‘कतै प्रमुख प्रतिपक्षी दलले छानबिन आफूतिर सोझिन्छ कि भन्ने आशङ्कासहित संसद् अवरुद्ध गरेको त होइन ?’

    प्रतिपक्षी दलको उच्चस्तरीय छानबिन आयोग गठनको मागप्रति पनि उहाँले प्रश्न उठाउनुभयो ।

    ‘यो भन्दा पहिले कैयौँ उच्चस्तरीय छानबिन समिति वा आयोग बनेका छन्; जस्तै : मल्लिक आयोग, रायमाझी आयोग, यस्तै तस्करीसित सम्बन्धित सांसद परि थापा नेतृत्वको आयोग’ उहाँले भन्नुभयो– ‘के ती आयोगका प्रतिवेदन कार्यान्वयन भए ? दोषीलाई सजाय दिइयो ?’

    उहाँले उच्चस्तरीय आयोग गठन गर्नु मात्र पर्याप्त नभएको तर्क गर्दै भन्नुभयो– ‘त्यसले तयार पारेको छानबिन प्रतिवेदन नै कार्यान्वयन नहुने हो भने यस्तो उच्चस्तरीय आयोग वा समितिको के अर्थ छ ?’

    उहाँले यही विषयलाई लिएर संसद् अवरुद्ध गर्दा देशलाई नै बन्धक बनाउने काम भएको बताउँदै त्यसबाट संसद् जनताको जिम्मेवारी वहन गर्ने दायित्वबाट हटिरहेको बताउनुभयो ।

    ‘देश महङ्गीको चपेटामा छ । छ रुपियाँमा बिक्री नभएर सडकमा फालिएको गोलभेडा अहिले थोकबजारमै १२० रुपियाँभन्दा माथि पुगेको छ । प्याजमा भारतले ४० प्रतिशत भन्सार लगाएपछि नेपाली जनताले प्याज किन्न सक्ने अवस्थामा छैनन्’ सांसद विश्वकर्माले भन्नुभयो– ‘यस्तो बेलामा सरकारको ध्यान यतातर्फ जानुपर्दछ ।’

    उहाँले संसद् अवरुद्ध हुँदा जनताका यस खालका आवाज सांसदहरूले उठाउन नपाएको विषयतर्फ सम्बन्धित पक्षको ध्यान जानुपर्ने बताउनुभयो ।

    त्यसैगरी, उहाँले डेङ्गी र लम्पिस्किनले देशको स्वास्थ्यक्षेत्र गम्भीर समस्यामा परेको भन्दै यसतर्फ पनि सरकारको ध्यान जानुपर्ने बताउनुभयो ।

    कोशी प्रदेशको प्रसङ्ग

    फरक प्रसङ्गमा उहाँले कोशी प्रदेशमा सत्तापक्षले नै लोकतान्त्रिक मूल्यमान्यता भत्काएको बताउनुभयो ।

    ‘कोशी प्रदेशमा यसपटक पनि पुरानै नाटक दोहोर्‍याइयो’ उहाँले भन्नुभयो– ‘मत बराबर भएमा सभामुखले मतदान गर्ने लोकतन्त्रको सर्वसम्मत मूल्यमान्यताको कोशी प्रदेशमा धज्जी उडाइयो ।’

    सांसद विश्वकर्माले जनताको लामो आन्दोलनको बलमा स्थापना भएको लोकतान्त्रिक गणतन्त्रलाई तिनकै पक्षधरले धज्जी उडाउनु चिन्ताजनक भएको बताउनुभयो ।

    उहाँले यस विषयमा सम्पूर्ण लोकतन्त्रका पक्षधरहरू सजग र जिम्मेवार हुनुपर्ने आवश्यकतामा पनि जोड दिनुभयो ।

    मङ्गलबार, भदौ ०५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.