काठमाडौं । थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा निर्वासनको १५ वर्षपछि स्वदेश फर्किएका छन्।
Advertisement
मंगलवार उनी आफ्नो परिवारको साथमा एक निजी विमानमार्फत बैंकको डोन मुआङ अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएका हुन्। सो क्रममा उनले विमानस्थलमा आफ्ना समर्थकहरुसँग भेट गरेका थिए ।
थाक्सिन सन् २००१ देखि २००६ सम्म थाइल्याण्डको प्रधानमन्त्री बनेका थिए। तर उनी २००८ देखि भने विदेशमा बस्दै आएका थिए। थाइल्याण्डको अदालतले उनलाई ८ वर्षको जेल सजाय तोकेको थियो ।
सिनावात्राले भने अदालतको फैसला राजनीति प्रेरित भएको बताउँदै आएका छन् । उपप्रधानमन्त्री विसानु क्रे नगामले यसअघि नै थाक्सिनलाई कानूनी प्रक्रिया अघि बढाएर स्वदेश फर्किनसाथ जेल पठाइने बताएका थिए। सो कानूनी प्रक्रियाअनुसार उहाँलाई विमानस्थलबाटै पक्राउ गरी जेल पठाइएको हो ।