शङ्करप्रसाद पोख्रेल ।
Advertisement
तमघासबजार । “ऐतिहासिक तीन अभियान सफल पारौँ !, कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारी रूपान्तरण गरौँ !” नारासहित देशव्यापी रूपमा सञ्चालित अभियानको दौरानमा गुल्मीको कालीगण्डकी–५ फोक्सिङमा प्रशिक्षण सम्पन्न भएको छ ।
राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा गुल्मी जिल्ला अध्यक्ष रामकुमार क्षेत्रीको प्रमुख आतिथ्यमा २०८० भदौ ३ गते आइतबार सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा राजमो नेता रामकुमार क्षेत्रीले विश्वदृष्टिकोण र तात्कालिक राजनीतिक अवस्थाबारे उपस्थित अगुवा कार्यकर्ताहरूलाई प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रमको सञ्चालन राजमो वडासमितिका सचिव गङ्गा सापकोटाले तथा अध्यक्षता मिथुन बलालले गर्नुभएको थियो ।
उपस्थित प्रशिक्षार्थीलाई पूर्णबहादुर थापाले स्वागत गर्नुभएको थियो ।
