गलकोट । बागलुङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
Advertisement
मृत्यु हुनेमा गलकोटस्थित गलकोट मोटरसााइकल रिपेयरिङ सेन्टरका सञ्चालक २८ वर्षीय गणेश परियार रहेको प्रहरीले जनाएको छ ।
नरेठाँटीबाट हटिया बजारतर्फ आउँदै गरेको ग ८ प १२२५ नम्बरको मोटरसाइकल गएराति मध्यपहाडी लोकमार्गस्थित बतासेडाँडामा दुर्घटना हुँदा परियारको घटनास्थलमै ज्यान गएको थियो ।
मृतकको शव पोष्टपार्टमको लागि गलकोट नगर अस्पतालमा राखिएको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।