तौलिहवा । अखिल नेपाल महिला सङ्घ शिवराज नगर समिति को दोस्रो भेला २०८० भदौ ३ गते आइतबार खरेन्द्रपुरमा सम्पन्न भएको छ ।
महिला सङ्घकी जिल्ला उपाध्यक्ष अम्बिका पौडेलको प्रमुख आतिथ्य तथा सहसचिव बिनिता अदैको अध्यक्षतामा सो भेला सम्पन्न भएको हो ।
भेलामा प्रमुख अतिथि पौडेलले महिलाहरू परिवर्तनका लागि अगाडि बढ्नुपर्ने बताउँदै नेपालमा आएको प्रजातान्त्रिक आन्दोलनमा उनीहरूको भूमिका महŒवपूर्ण रहेको बताउनुभयो ।
कानुनमा महिलाहरूको सीमित अधिकार लेखिए पनि व्यवहारमा विभेद कायम रहेको बताउँदै उहाँले अगाडि भन्नुभयो– ‘व्यवस्था परिवर्तनसँगै अधिकार पनि सुनिश्चित हुने छ ।
भेलालाई सम्बोधन गर्दै अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य तथा राजमो जिल्ला सल्लाहकार केरसिंह अदैले महिला मुक्ति आन्दोलनलाई वर्गीय मुक्ति आन्दोलन सँगसँगै लैजानुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
भेलाले बेलौता विकको अध्यक्षतामा १५ सदस्यीय महिला सङ्घको शिवराज नगर समिति गठन गरेको छ ।
समितिको अध्यक्षमा बिनिता अदै, सचिवमा राधिका भुसाल, सहसचिवमा यशोदा नेपाली र कोषाध्यक्षमा टिकमाया भण्डारी रहनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा कल्पना सुनार, इन्द्रकला खनाल, सुशीला खनाल, गीता आचार्य, चुमाला भण्डारी र हरिकला खड्का तथा वैकल्पिक सदस्यमा सोनिया चौधरी र कमला बुढामगर रहनुभएको छ ।
भेलाले सल्लाहकारले भिउसरी विक, देवा जिसी, विमला गौतम र तुलसा बोहरा रहनुभएको छ ।
भेलाको सञ्चालन सुशीला खनालले र स्वागत कल्पना सुनारले गर्नुभएको थियो ।